बुधवार, चैत्र १४ २०८०
काठमाडौँ ।चैत्र १४,महाराजगञ्ज नर्सिङ क्याम्पसमा बीएमएस (बेचुलर मिडवाइफ्री साइन्स) का विद्यार्थीहरूले लगाएको ताला आज ९ दिन बित्दा समेत खुल्न सकेको छैन । शैक्षिकसंस्था भित्रको अतिनै संबेदनसिल महत्त्व रहेको पाठ्यक्रम र शैक्षिक कार्यक्रमका विषयमा केहि असहमति संगै आपत्ति जनाउँदै विद्यार्थीहरूले चैत ५ गतेदेखि क्याम्पसमा तालाबन्दी गरेका छन् । नवनिर्वाचित शिक्षामन्त्री सुमना श्रेष्ठले विद्यार्थीहरूले उठान गरेका मागका विषयमाथी गत ९ चैतमा छलफल गरेकी थिइन् ।सो छलफलको क्रममा श्रेष्ठले उठेको विवाद समाधान गरेर कलेजको पठनपाठन यथाशीघ्र सुचारु गर्न निर्देशन दिएपनि ताला भने अझै खुल्न नसकेको हो। बैठकमा मन्त्री श्रेष्ठ, चिकित्सा शिक्षा आयोग अध्यक्ष, प्राडा अञ्जनीकुमार झा, त्रिभुवन विश्वविद्यालयका उपकुलपति, प्राडा केशरजङ्ग बराल, शिक्षा सचिव सुरेश अधिकारी, चिकित्सा शास्त्र अध्ययन संस्थान, डिन डा.दिव्यासिंह शाह, नेपाल नर्सिङ परिषद्की अध्यक्ष सरला केसी जस्ता सम्बन्धित क्षेत्रका उच्चपदस्थ बौद्धिक ब्याक्तित्वहरुको सहभागिता रहेको थियो । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष झाले पीसीएल नर्सिङ पढेका विद्यार्थीको हकमा बीएमएस अध्ययनको लागि आयोगले सिफारिस गरेको बताएका थिए । त्यस्तै त्रिविका उपकुलपति प्राडा बरालले बिएस्सी मिडवाईफ्रिकै पाठ्यक्रम बीएमएसको लागि समेत लागू हुने बताएका थिए। उक्त पाठ्यक्रम त्रिभुवन विश्वविद्यालयबाट आधिकारिक रूपमा स्वीकृत समेत भइसकेको बताएका थिए । त्यस्तै चिकित्सा शास्त्र अध्ययन संस्थानकी डीन प्राडा शाहले बिएस्सी मिडवाईफ्री र बेचुलर ईन मिडवाईफ्रि साइन्सको पाठ्यक्रम एकै भई सोही अनुसार पठनपाठन भएता पनि बीएमएस तर्फका विद्यार्थीलाई बीएमएसको उपाधि प्रदान गरिने बताएकी थिइन् । त्यस्तै नर्सिङ परिषद्की अध्यक्ष केसीका अनुसार बीएमएस अध्ययन गरिरहेका विद्यार्थीलाई नर्सिङ परिषद्को परीक्षामा सहभागी हुन समस्या नहुने बताएकी थिइन्। विद्यार्थीहरूले सरोकारवालाबीच छलफल भएपनि उक्त विषयमा आफूहरूलाई कुनै पनि औपचारिक जानकारी नआएको बताएका छन् । महाराजगन्ज नर्सिङ क्याम्पस स्ववियु सभापति नोविना बस्नेतले उक्त छलफलपछि डीन कार्यालयबाट आफूहरूलाई आधिकारिक जानकारी नआएको बताइन् । ‘हामीले विभिन्न माग राखेर आन्दोलन गरिरहेका छौं । डीन कार्यालयले हामीलाई वार्तामा बोलाएर सहमति गरेपछि मात्रै आन्दोलन रोकिन्छ । छलफलमा के के सहमति भयो त्यो हामीलाई थाहा हुने कुरा भएन् । वार्ता समिति बनाएर हामीलाई वार्तामा बोलाएर सहमति भएपछि मात्रै हामी तालाबन्दी खोल्छौँ’ अन्यथा हामीले कुनै पनि हालतमा खोल्नेवाला छैनौं सभापति बस्नेतले भनिन् ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल