Oct 28 2026 | २०८३, कार्तिक १२गते

विद्यालय शिक्षा ऐनलाई समयसापेक्ष बनाउन गण्डकीमा शिक्षा संवाद

विद्यालय शिक्षा ऐनलाई समयसापेक्ष बनाउन गण्डकीमा शिक्षा संवाद

  • 223
    SHARES

  • विद्यालय शिक्षा ऐनलाई समयसापेक्ष बनाउन गण्डकीमा शिक्षा संवाद

    पोखरा।प्रस्तावित विद्यालय शिक्षा ऐनलाई व्यावहारिक, समयसापेक्ष र विद्यार्थी केन्द्रित बनाउने उद्देश्यले शिक्षा तथा खेलकुद मन्त्रालयले गण्डकी प्रदेशका शिक्षा क्षेत्रका सरोकारवालासँग शिक्षा संवाद कार्यक्रम सम्पन्न गरेको छ।

    पोखरामा आयोजित ‘शिक्षा संवाद–भाग २ (गण्डकी प्रदेश छलफल)’ कार्यक्रममा शिक्षा मन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

    कार्यक्रममा मन्त्रालयका राजनीतिक सल्लाहकार सरोज गौतम, हिसानका केन्द्रीय अध्यक्ष युवराज शर्मा, प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्ण अधिकारी, गण्डकी विश्वविद्यालयका उपकुलपति कृष्ण अधिकारी, एन-प्याब्सनका महासचिव प्रकाश खड्का र शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य प्यानलिस्टका रूपमा सहभागी थिए।

    संवादका क्रममा विद्यालय शिक्षाको गुणस्तर सुधार, विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि, सार्वजनिक तथा निजी शिक्षण संस्थाबीचको सहकार्य, नीतिगत स्पष्टता र प्रस्तावित विद्यालय शिक्षा ऐनमा समेट्नुपर्ने विषयमा छलफल गरिएको थियो।

    मन्त्रालयले शिक्षक, विद्यालय सञ्चालक, शिक्षाविद्, स्थानीय तह तथा अन्य सरोकारवालाका सुझावलाई नीति निर्माण प्रक्रियामा समेट्ने उद्देश्यले संवाद कार्यक्रम आयोजना गरेको जनाएको छ। कक्षाकोठाको वास्तविक अवस्था र विद्यार्थीका आवश्यकतालाई सम्बोधन गर्ने कानुनी व्यवस्था निर्माणमा सरोकारवालाको सुझाव महत्त्वपूर्ण हुने मन्त्रालयको जोड छ।

    यस्ता संवादबाट प्राप्त सुझावले विद्यालय शिक्षा प्रणालीलाई थप गुणस्तरीय, समावेशी, सिर्जनशील र समयसापेक्ष बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    images
    सोमवार, कार्तिक १० २०८३०३:४९:५५

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल