Oct 28 2026 | २०८३, कार्तिक १२गते

काठमाडौँ विश्वविद्यालय र एचआईडीसीएलबीच नवीकरणीय ऊर्जा अनुसन्धानमा पाँच वर्षे सहकार्य

काठमाडौँ विश्वविद्यालय र एचआईडीसीएलबीच नवीकरणीय ऊर्जा अनुसन्धानमा पाँच वर्षे सहकार्य

  • 472
    SHARES

  • काठमाडौँ विश्वविद्यालय र एचआईडीसीएलबीच नवीकरणीय ऊर्जा अनुसन्धानमा पाँच वर्षे सहकार्य

    काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) र हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) बीच नवीकरणीय ऊर्जा तथा जलविद्युत् क्षेत्रमा अनुसन्धान, प्राविधिक अध्ययन र विद्यार्थी सहभागिता बढाउने उद्देश्यले पाँच वर्षे समझदारीपत्रमा हस्ताक्षर भएको छ।

    सोमबार भएको समझदारीपत्रमा काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार सहप्राध्यापक डा. बिराज सिंह थापा र एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत प्रजेश विक्रम थापाले हस्ताक्षर गरे।

    समझदारीअनुसार दुवै संस्थाले नवीकरणीय ऊर्जा तथा जलविद्युत् क्षेत्रमा अनुसन्धान, प्राविधिक अध्ययन तथा ड्यु डिलिजेन्स, विशेषज्ञता र ज्ञान आदानप्रदानका साथै विद्यार्थीलाई अनुसन्धान तथा व्यावहारिक कार्यमा सहभागी गराउने विषयमा सहकार्य गर्नेछन्।

    यसै अवसरमा काठमाडौँ विश्वविद्यालयको एआईसीकेयू र एचआईडीसीएलबीच नेपालमा हाइड्रोजन उत्पादनसम्बन्धी प्रारम्भिक अनुसन्धान प्रतिवेदन तयार गर्ने विषयमा पनि सम्झौता भएको छ। सम्झौतामा एआईसीकेयूका संयोजक लक्ष्मण लामा र एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत प्रजेश विक्रम थापाले हस्ताक्षर गरे।

    नेपालमा हरित हाइड्रोजन उत्पादनको सम्भाव्यता, प्राविधिक पक्ष तथा भविष्यमा परियोजना विकासका अवसर पहिचान गर्न उक्त प्रारम्भिक अनुसन्धान प्रतिवेदन महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।

    एआईसीकेयूका संयोजक लक्ष्मण लामाले विश्वविद्यालय, उद्योग र लगानी क्षेत्रबीचको सहकार्यलाई थप सुदृढ गर्दै नेपालमा नवीकरणीय ऊर्जा तथा हरित हाइड्रोजनसम्बन्धी अनुसन्धान, प्रविधि विकास र व्यावसायिक सम्भावनालाई अघि बढाउन सकिने बताए।

    images
    बुधवार, आश्विन ७ २०८३०८:०४:३२

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल