मंगलवार, भाद्र २३ २०८३
काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले देशभर सञ्चालन हुने डिप्लोमा तथा प्रमाणपत्र तहका सम्पूर्ण परीक्षा स्थगित गरेको छ।
सीटीईभीटीले सोमबार सूचना जारी गर्दै भदौ २३ गते बिहान ७ बजेदेखि देशभरका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन गर्ने तय भएका वार्षिक तथा सेमेस्टर प्रणालीअन्तर्गतका नियमित र आंशिक परीक्षा विशेष परिस्थितिका कारण स्थगित गरिएको जनाएको हो।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार गत साउन १५ गते प्रकाशित परीक्षा तालिका तथा साउन १६ गते तोकिएका परीक्षा केन्द्रहरूमा सञ्चालन हुने भनिएका सबै परीक्षा हाललाई स्थगित गरिएको छ।
स्थगित परीक्षाहरू पुनः सञ्चालन गर्ने सम्बन्धमा नयाँ परीक्षा तालिका र परीक्षा केन्द्रको विवरण पछि प्रकाशन गरिने सीटीईभीटी परीक्षा नियन्त्रण कार्यालयले
जनाएको छ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल