शुक्रवार, आश्विन १६ २०८३
काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को सदस्य सचिवमा तनहुँका प्रमोदभक्त आचार्य नियुक्त भएका छन्।
नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार आचार्यलाई सीटीईभीटीको सदस्य सचिवको जिम्मेवारी दिइएको हो।
सीटीईभीटी सेवामा लामो समयदेखि कार्यरत आचार्यले परिषद्का विभिन्न शाखा तथा महाशाखामा जिम्मेवारी सम्हालिसकेका छन्। उनले गण्डकी प्रदेश कार्यालयको निर्देशकका रूपमा समेत नेतृत्व गरिसकेका छन्।
पछिल्लो समय सहसचिव पदमा कार्यरत आचार्यलाई सरकारले सदस्य सचिवको जिम्मेवारी दिएको हो।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल