Oct 28 2026 | २०८३, कार्तिक १२गते

न्युजिल्यान्डको शैक्षिक संस्थाबाट एक्सेस एजुकेसन नेटवर्कलाई सम्मान

न्युजिल्यान्डको शैक्षिक संस्थाबाट एक्सेस एजुकेसन नेटवर्कलाई सम्मान

  • 148
    SHARES

  • न्युजिल्यान्डको शैक्षिक संस्थाबाट एक्सेस एजुकेसन नेटवर्कलाई सम्मान

    काठमाडौँ।नेपाली विद्यार्थीलाई न्युजिल्यान्डको शिक्षासँग जोड्दै आएको शैक्षिक परामर्श संस्था एक्सेस एजुकेसन नेटवर्क अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ। न्युजिल्यान्डको टोई ओहोमाई इन्स्टिच्युट अफ टेक्नोलोजीले संस्थालाई सन् २०२६ को ‘ग्लोबल पर्फर्मिङ पार्टनर’ अवार्ड प्रदान गरेको हो।

    भारतको नयाँ दिल्लीस्थित द ललित होटलमा आयोजित विशेष समारोहमा एक्सेस एजुकेसन नेटवर्कलाई उक्त अवार्ड प्रदान गरिएको हो। समारोहमा टोई ओहोमाई इन्स्टिच्युट अफ टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत डा. पिम बोरेन, विशेष परियोजनाका निर्देशक परमदीप सिंह तथा एजुकेसन न्युजिल्यान्डका भारत तथा दक्षिण एसियाका क्षेत्रीय निर्देशक एड्रियन हर्स्टलगायतको उपस्थिति थियो।

    एक्सेस एजुकेसन नेटवर्कका संस्थापक पुष्पराज पौड्याल र उनकी छोरी आर्या पौड्यालले संयुक्त रूपमा अवार्ड ग्रहण गरेका थिए। अवार्ड ग्रहणपछि आर्या पौड्यालले धन्यवाद मन्तव्य व्यक्त गर्दै टोई ओहोमाई इन्स्टिच्युट अफ टेक्नोलोजीले देखाएको विश्वास, सहकार्य र सम्मानप्रति आभार व्यक्त गरिन्।

    सन् २००५ मा स्थापना भएको एक्सेस एजुकेसन नेटवर्कले सन् २००६ देखि नेपालमा न्युजिल्यान्डको शिक्षालाई प्रवर्द्धन गर्दै आएको छ। दुई दशकभन्दा लामो अनुभव हासिल गरेको संस्थाले नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षाका अवसरबारे जानकारी गराउँदै विदेशमा अध्ययन गर्ने प्रक्रियामा सहजीकरण गर्दै आएको छ।

    अवार्डले संस्थाको अन्तर्राष्ट्रिय साझेदारी र शैक्षिक क्षेत्रमा गरेको कामलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।

    एक्सेस एजुकेसन नेटवर्कले टोई ओहोमाई इन्स्टिच्युट अफ टेक्नोलोजी, एजुकेसन न्युजिल्यान्ड तथा आफ्ना सम्पूर्ण अन्तर्राष्ट्रिय साझेदारप्रति आभार व्यक्त गरेको छ। साथै, आगामी दिनमा पनि नेपाली विद्यार्थीलाई गुणस्तरीय अन्तर्राष्ट्रिय शिक्षाका अवसरसँग जोड्न प्रतिबद्ध रहेको जनाएको छ।

    images
    सोमवार, कार्तिक १० २०८३०४:०४:५१

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल