Oct 28 2026 | २०८३, कार्तिक १२गते

मधेसमा उच्च शिक्षा सुधार र राष्ट्रिय पाठ्यक्रम प्रारूपबारे उच्चस्तरीय संवाद सुरु

मधेसमा उच्च शिक्षा सुधार र राष्ट्रिय पाठ्यक्रम प्रारूपबारे उच्चस्तरीय संवाद सुरु

  • 307
    SHARES

  • मधेसमा उच्च शिक्षा सुधार र राष्ट्रिय पाठ्यक्रम प्रारूपबारे उच्चस्तरीय संवाद सुरु

    बारा । मधेस प्रदेशमा उच्च शिक्षा सुधार तथा राष्ट्रिय पाठ्यक्रम प्रारूपका विषयमा उच्चस्तरीय संवाद सुरु भएको छ। युनेस्को नेपालको सहकार्यमा शिक्षा तथा खेलकुद मन्त्रालयले बाराको सिमरामा दुईदिने संवाद कार्यक्रम आयोजना गरेको हो।

     

    ‘उच्च शिक्षा सुधार तथा राष्ट्रिय योग्यता प्रारूप : मधेस प्रदेशमा उच्च शिक्षाको भविष्य’ विषयमा केन्द्रित कार्यक्रममा सङ्घीय सांसद, प्रदेश सरकारका प्रतिनिधि, विश्वविद्यालयका पदाधिकारी, नीति निर्माता, शिक्षाविद्, नागरिक समाज तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको छ।

     

    कार्यक्रममा उच्च शिक्षा सुधार र राष्ट्रिय पाठ्यक्रम प्रारूपसँग सम्बन्धित विषयविज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नेछन्। प्रस्तुत कार्यपत्रमाथि समूहगत छलफल गरी उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, पाठ्यक्रम सुधार तथा भावी शैक्षिक दिशाबारे विचारविमर्श गरिनेछ।

     

    संवाद कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल पनि सहभागी हुनेछन्। कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा खड्गबहादुर केसी, शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेल तथा शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाको सहभागिता रहेको छ।

     

    त्यसैगरी त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति सुजनबाबु मरहट्टा, राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्राडा श्यामनारायण लाभ तथा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा विवेक बराल पनि कार्यक्रममा सहभागी छन्।

     

    दुईदिने संवादले मधेस प्रदेशमा उच्च शिक्षाको वर्तमान अवस्था, सुधारका सम्भावना तथा राष्ट्रिय योग्यता प्रारूप र पाठ्यक्रम विकासका विषयमा सम्बन्धित पक्षबीच छलफल र सहकार्यको आधार तयार गर्ने अपेक्षा गरिएको छ।

    images
    बिहिवार, आश्विन २२ २०८३०६:५५:१८

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल