Oct 28 2026 | २०८३, कार्तिक १२गते

होम सेन्टरमा विभेद नगर्न माग, सीटीईभीटी कार्यालयअगाडि विद्यार्थीको प्रदर्शन

होम सेन्टरमा विभेद नगर्न माग, सीटीईभीटी कार्यालयअगाडि विद्यार्थीको प्रदर्शन

  • 385
    SHARES

  • काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतका डिप्लोमा तहका विद्यार्थीहरूले परीक्षामा ‘होम सेन्टर’को व्यवस्था लागू गर्दा सबैलाई समान व्यवहार गर्नुपर्ने माग गर्दै बिहीबार केन्द्रीय कार्यालयअगाडि प्रदर्शन गरेका छन्।

    बुधबार जारी पत्रमार्फत विद्यार्थीहरूले परीक्षा केन्द्र निर्धारणमा देखिएको असमानताप्रति गम्भीर आपत्ति जनाएका हुन्। उनीहरूले होम सेन्टर नदिने निर्णय भए सबै विद्यार्थीका लागि समान रूपमा लागू गर्नुपर्ने र दिने भए सबैलाई समान अवसर उपलब्ध गराउनुपर्ने माग अघि सारेका छन्।

    विद्यार्थीहरूका अनुसार टाढा–टाढाका परीक्षा केन्द्रमा जानुपर्दा यातायातको समस्या, अतिरिक्त आर्थिक भार, समयको बर्बादी तथा मानसिक तनाव झेल्नुपर्ने अवस्था सिर्जना हुन्छ। विशेषगरी आफ्नै कलेजमा परीक्षा दिन सक्ने र नसक्ने विद्यार्थीबीच फरक व्यवहार हुँदा त्यसले परीक्षाको निष्पक्षतामाथि समेत प्रश्न उठाउने उनीहरूको भनाइ छ।

    निष्पक्ष र व्यवस्थित परीक्षा सञ्चालनका अन्य विकल्प हुँदाहुँदै विद्यार्थीलाई अनावश्यक सास्ती दिने निर्णय नगर्न उनीहरूले सीटीईभीटीसँग आग्रह गरेका छन्। विद्यार्थीहरूले परीक्षा केन्द्र निर्धारणमा स्पष्ट मापदण्ड बनाई सबैलाई समान व्यवहार गर्नुपर्नेमा जोड दिएका छन्। 784747470_1580209233580788_4227639832647809868_n_tKznqL6aci.webp

    images
    शुक्रवार, भाद्र १९ २०८३०७:१२:३३

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल