शनिवार, चैत्र १० २०८०
काठमाडौँ ।चैत्र१०, त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गत नर्सिङ क्याम्पस महाराजगन्जमा देखिएका पाठ्यक्रम विवादबारे छलफल भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले उक्त विवादबारे छलफल गरेकी हुन् । छलफलको क्रममा श्रेष्ठले उक्त विवाद समाधान गरेर कलेजको पठनपाठन सुचारु गर्न निर्देशन दिएकी छन्। नर्सिङ कलेजको बीएमएस (बेचुलर मिडवाइफ्री साइन्स) का विद्यार्थीहरूले पाठ्यक्रम र शैक्षिक कार्यक्रमका विषयमा बिगत देखि आपत्ति जनाउँदै तालाबन्दी गरेका छन्। तालाबन्दीपछि मन्त्री श्रेष्ठले सरोकारवाला पक्षलाई बोलाएर छलफल गरेकी हुन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्रेष्ठको संयोजकत्वमा बसेको पदाधिकारीको बैठकले नर्सिङ शिक्षातर्फ बिएमएस तर्फका विद्यार्थीहरूले उठाएका विषयमा छलफल गरेको थियो । बैठकमा शिक्षा मन्त्री श्रेष्ठ, चिकित्सा शिक्षा आयोग अध्यक्ष, प्राडा अञ्जनीकुमार झा, त्रिभुवन विश्वविद्यालयका उपकुलपति, प्राडा केशरजङ्ग बराल, शिक्षा सचिव सुरेश अधिकारी, चिकित्सा शास्त्र अध्ययन संस्थान, डिन डा.दिव्यासिंह शाह, नेपाल नर्सिङ परिषद्की अध्यक्ष सरला केसीको सहभागिता रहेको थियो । बैठकमा विद्यार्थीहरूले उठाउदै आएको मागका विषयमा छलफल भएको थियो । उनीहरूले बीएमएस, बीएम र बिएस्सी मिडवाई फ्रिको पाठ्यक्रम एकै भएको र आफूहरूलाई फरक पाठ्यक्रममा नभई एकै पाठ्यक्रममा अध्यापन गराएको आरोप लगाउदै आइरहेका छन्। उनीहरूले उठान गरेको विवादमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष झाले पीसीएल नर्सिङ पढेका विद्यार्थीको हकमा बीएमएस अध्ययनको लागि आयोगले सिफारिस गरेको प्रष्ट पारेका हुन। त्यस्तै त्रिविका उपकुलपति बरालले बिएस्सी मिडवाईफ्रिकै पाठ्यक्रम बीएमएसको लागि समेत लागू हुने बताएका थिए। उक्त पाठ्यक्रम त्रिभुवन विश्वविद्यालयबाट आधिकारिक रूपमा स्वीकृत समेत भइसकेको उनले जानकारी दिए। त्यस्तै चिकित्सा शास्त्र अध्ययन संस्थानकी डीन प्राडा शाहले बिएस्सी मिडवाईफ्री र बेचुलर ईन मिडवाईफ्रि साइन्सको पाठ्यक्रम एकै भई सोही अनुसार पठनपाठन भएता पनि बीएमएस तर्फका विद्यार्थीलाई बीएमएसको उपाधि प्रदान गरिने बताएकि हुन। उक्त छ्लफलमा नर्सिङ परिषद्की अध्यक्ष केसीले समेत बीएमएस अध्ययन गरिरहेका विद्यार्थीलाई नर्सिङ परिषद्को परीक्षामा सहभागी हुन समस्या नहुने बताएकी हुन।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल