शनिवार, चैत्र १० २०८०

काठमाडौँ ।चैत्र १०,उपाधि बिजेता टिप-टप हेल्प नेपाल स्पोर्टस् र एभरेस्ट भलिबल क्लब आठौँ आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको च्याम्पियन हुन सफल भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा गत चैत्र ३देखी संचालित उक्त प्रतियोगितामा आज शनिवार सम्पन्न च्याम्पियनसिपमा टिप-टप हेल्प नेपाल पुरुषमा र एभरेस्टक्लब महिलामा च्याम्पियन च्याम्पियन उपाधि चुम्न सफल भएका हुन् । च्याम्पियन दुबै टोली हेल्प नेपाल र एभरेस्ट भलिबल क्लबले समान पाँच लाख रुपैयाँसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेका हुन् फाइनलमाको सुरुवाती पहिलो सेटमा सजिलो जित निकालेको बिभागिय टोलि दोश्रो सेटमा भने चुक्न पुग्यो र त्यसै गरि तेस्रो सेटमा संघर्षपुर्ण जित निकालेको आर्मि चौथो सेटमा भने हार बोहोर्न बाध्य भएको थियो भने पाचौं निर्णायक १५ को सेटमा निकै नै रोमान्चक र प्रतिस्पर्धात्मक खेलमा २०का विरुद्ध २२ अंक प्राप्त गर्दै हेल्प नेपालले विभागीय टोलि त्रिभुवन आर्मी क्लबमाथि ३–२ को सङ्घर्षपूर्ण जित निकाल्दै उपाधि रक्षा गरेको हो । हेल्प नेपालले आर्मीलाई यसरी २०–२५, २७–२५, २३–२५, २९–२७ र २२–२० को रोमाञ्चक सेटमा हरायो । उपविजेता आर्मीले २ लाख ५० हजार रुपैयाँ सहित ट्रफी पायो। महिलाटोलि तर्फ फाइनलमा भने एभरेस्टले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउन सफल भयो । पहिलो सेट गुमाए पनि उत्कृष्ट पुनरागमन संगै एभरेस्ट पहिलोपटक च्याम्पियन बन्दै इतिहास रच्नसफल भएको हो । पुलिसले समूह चरणमा एभरेस्टमाथि ३–२ को जित निकालेको थियो । फाइनलमा भने एभरेस्टले बदला लिँदै च्याम्पियनको ट्रफी उचाल्यो । फाइनलमा भने एभरेस्टले पुलिसलाई १९–२५, २५–२२, २५–१८ र २५–१९ ले हरायो । उपविजेता पुलिसले दुई लाख रुपैयाँसहित ट्रफी पायो । महिलातर्फ नै शुक्रबार नै एपीएफ तेस्रो भएको थियो । पुरुषतर्फ शनिवार तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई २५–१६, २५–२० र २९–२७ ले हरायो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, पूर्वमन्त्री रामकुमारी झाँक्री, राखेप बोर्ड सदस्य प्रकाश कुसारी र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले पुरस्कृत गरे । नेपाल भलिबल संघको आयोजनामा सम्पन्न प्रतियोगिता आठ दिनसम्म चलेको थियो ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल