मंगलवार, आश्विन ६ २०८३
पोखरा । युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा असोज १ देखि ६ गतेसम्म प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा राष्ट्रियस्तरका आमन्त्रित पुरुष भलिबल टोलीको सहभागिता रहनेछ।
प्रतियोगिताको विजेताले ४ लाख रुपैयाँ, उपविजेताले २ लाख ५० हजार रुपैयाँ र तेस्रो हुने टोलीले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २० हजार रुपैयाँ प्रदान गरिनेछ। उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिबेरो, स्पाइकर र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताको उद्देश्य राष्ट्रियस्तरका खेलाडीलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्नुका साथै पोखरामा पुरुष भलिबलको विकास र प्रवर्द्धन गर्नु रहेको आयोजकको भनाइ छ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल