Oct 28 2026 | २०८३, कार्तिक १२गते

फिफा निलम्बनपछि एन्फा कर्मचारी आन्दोलित, राखेपमा धर्नाको तयारी

फिफा निलम्बनपछि एन्फा कर्मचारी आन्दोलित, राखेपमा धर्नाको तयारी

  • 415
    SHARES

  • फिफा निलम्बनपछि एन्फा कर्मचारी आन्दोलित, राखेपमा धर्नाको तयारी

    काठमाडौं । फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) विरुद्ध धर्ना दिने तयारी गरेको छ। निलम्बनपछि तलबलगायतका समस्या भोगिरहेका एन्फा कर्मचारीले पहिलो चरणमा धर्नामार्फत दबाब दिने तयारी गरेका हुन्।

    धर्नाको तयारीस्वरूप एन्फाले सोमबार कर्मचारीसँग छलफल गरेको थियो। एन्फामा करिब ७० जना कर्मचारी कार्यरत रहेकामा छलफलमा झन्डै ५० जना सहभागी भएको बताइएको छ।

    एन्फा महासचिव किरण राई र प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्द्रमान तुलाधरको नेतृत्वमा भएको छलफलमा त्रिपुरेश्वरस्थित राखेप कार्यालयमा धर्ना सुरु गर्ने विषयमा सहमति भएको स्रोतले जनाएको छ।

    धर्ना मंगलबार बिहान ११ बजेबाट सुरु गर्ने तयारी छ। एन्फा निलम्बनमा परेसँगै कर्मचारीले नियमित तलब पाउन नसकेको बताइएको छ।

    ‘राखेपमा धर्ना दिने तयारीका लागि आज छलफल भएको छ। सबै कर्मचारीलाई धर्नामा सहभागी हुन आह्वान गरिएको छ,’ स्रोतले भन्यो, ‘तर कसैलाई बाध्य गरिएको छैन।’

    फिफाले जुन २४ देखि लागू हुने गरी एन्फालाई निलम्बन गरेको थियो। फिफाले तेस्रो पक्षको हस्तक्षेप र फिफा विधान उल्लंघनलाई निलम्बनको कारणका रूपमा उल्लेख गरेको थियो।

    एन्फाको निर्वाचन प्रक्रियालाई लिएर राखेप र एन्फाबीच देखिएको विवाद तथा राखेपको हस्तक्षेपलाई फिफाले सदस्य संघको स्वायत्तताविपरीत मानेको थियो। निलम्बनपछि एन्फाका नियमित गतिविधिमा असर पर्नुका साथै कर्मचारीको तलबसमेत रोकिएको बताइएको छ।

    यसैबीच, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, राखेपका उपाध्यक्ष विशाल श्रेष्ठ र सदस्य–सचिव रामचरित्र मेहता जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुने तयारीमा छन्।

    images
    बुधवार, भाद्र ३१ २०८३०९:०५:३१

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल