शनिवार, आश्विन ३ २०८३
काठमाडौं -राखेपको तालिम तथा प्रशिक्षण विभागको निर्देशकमा संगिना वैद्य, पहिलो महिलानियुक्तिपत्र प्रदान गरेको हो। उनी हाल राखेपमा वरिष्ठ तेक्वान्दो प्रशिक्षकका रूपमा कार्यरत छिन्।
संगिना छनोट चरण पार गरेर ओलम्पिकमा सहभागी हुने पहिलो नेपाली खेलाडी हुन्। उनले सन् २००४ मा ग्रिसको एथेन्समा भएको ओलम्पिकमा छनोट चरण पार गर्दै सहभागिता जनाएकी थिइन्।
त्यसैगरी, एसियाली स्तरको प्रतियोगितामा स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान पनि संगिनाको नाममा छ। उनले सन् १९९६ मा भएको एसियाली तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन्।
संगिनाले सन् १९९९ मा काठमाडौंमा भएको आठौं दक्षिण एसियाली खेलकुद (साग) र सन् २००४ मा पाकिस्तानमा भएको नवौं सागमा समेत स्वर्ण पदक जितेकी थिइन्।
यसअघि टंकलाल घिसिङ सदस्यसचिव रहेका बेला विसं २०८१ मै संगिनालाई तालिम तथा प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी दिने तयारी भएको थियो। तर तत्कालीन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अन्तिम समयमा कराते प्रशिक्षक शोभित प्रसाईंलाई निर्देशक नियुक्त गरेपछि उक्त विषय विवादमा आएको थियो।
त्यसपछि संगिनाले तालिम तथा प्रशिक्षण विभागको उपनिर्देशक पदबाट राजीनामा दिएकी थिइन्।
नयाँ जिम्मेवारी पाएपछि संगिनाले आफूलाई निकै खुसी लागेको बताइन्। उनले यसलाई महिलाका लागि महत्वपूर्ण अवसरका रूपमा लिँदै जिम्मेवारी पूरा गर्न आफू प्रतिबद्ध रहेको बताइन्।
‘एकदम खुसी लागेको छ। महिलाले पहिलो पटक यस्तो अवसर पाउनु सुखद कुरा हो। यो जिम्मेवारीलाई मैले अवसरका रूपमा लिएको छु,’ उनले भनिन्।
उनले विगतका तिता अनुभवलाई बिर्सेर नयाँ जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने प्रयास गर्ने बताइन्।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल