Oct 28 2026 | २०८३, कार्तिक १२गते

हिमालय फुटसल कप २०८३ को उपाधि मेटेन एफसीलाई

हिमालय फुटसल कप २०८३ को उपाधि मेटेन एफसीलाई

  • 313
    SHARES

  • हिमालय फुटसल कप २०८३ को उपाधि मेटेन एफसीलाई

    काठमाडौँ । तेस्रो संस्करणको ‘हिमालय फुटसल कप २०८३’ को उपाधि मेटेन एफसीले जितेको छ।

    काठमाडौँमा सम्पन्न फाइनलमा मेटेन एफसीले भेटे एफसीलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। निर्धारित २० मिनेटको खेलमा दुवै टोलीले दुई–दुई गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टीमा मेटेन एफसीले बाजी मार्दै उपाधि जित्यो।

    प्रतियोगितामा ४४ टोलीको सहभागिता रहेको थियो। नकआउट प्रणालीमा सञ्चालन भएको प्रतियोगितामा राजधानीबाहिरबाट ६ टोली सहभागी थिए।

    उपाधिसँगै मेटेन एफसीले रनिङ सिल्ड, ट्रफी, मेडल र नगद ३ लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता भेटे एफसीले मेडल र १ लाख रुपैयाँ नगद पाएको छ। यार्सा एफसीका धरणले फेयरप्ले अवार्डसहित २० हजार रुपैयाँ प्राप्त गरे।

    व्यक्तिगत विधातर्फ मेटेन एफसीका प्रशिक्षक प्रवीण सापकोटा उत्कृष्ट प्रशिक्षक घोषित भए भने मेटेन एफसीकै आशिष डंगोल उत्कृष्ट व्यवस्थापक चुनिए। यार्सा एफसीका रिवस मास्के प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए। भेटे एफसीका एन्जल गुरुङ उत्कृष्ट गोलरक्षक बने भने भेटे एफसीकै मौसम लामाले इमर्जिङ प्लेयरको अवार्ड पाए।

    प्रतियोगिताको समापन समारोहमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी खेलाडी अनिता बस्नेत र हिराकुमारी भुजेललगायतले विजेता तथा उत्कृष्ट खेलाडीलाई पुरस्कार प्रदान गरेका थिए।

    images
    शनिवार, आश्विन १० २०८३०७:४८:४५

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल