Oct 29 2026 | २०८३, कार्तिक १३गते

स्ववियु ले लगायो ताला महाराजगञ्ज नर्सिङ कलेजमा

स्ववियु ले लगायो ताला महाराजगञ्ज नर्सिङ कलेजमा

  • 943
    SHARES

  • स्ववियु ले लगायो ताला महाराजगञ्ज नर्सिङ कलेजमा

    काठमाडौँ । महाराजगञ्ज स्थित नर्सिङ कलेजमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) द्वारा तालाबन्दी गरेको छ । आफूहरूले उठान गरेका मागहरूक्याम्पस प्रशासनले सुनुवाइ नगरेको भन्दै स्ववियुले तालाबन्दी गर्न बाध्य भएको हो । विगत २ हप्ता देखि बीएमएस(BMS) अध्ययनरत विद्यार्थीहरूले एकेडेमिक र क्लिनिकल गतिविधिहरूलाई बहिस्कार गर्दै आएका थिए । लामो समयदेखि क्याम्पस, डीनसँग वार्तामा बस्ने तर, वार्ता कै लागि वाता जस्तो सुनुवाइ सम्बन्धित निकायले नगरेको बेवास्ता गर्ने गरेको उनीहरूको आरोप छ । सम्बन्धित निकायले बेवास्ता गर्नु ले विद्यार्थीमा प्रत्यक्ष मर्कापरेको र यसो गर्नुको अर्थ विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने काम हो। स्ववियु उप–सभापति आकृति ढकालले बताइन् । डीन कार्यालय, चिकित्सा शिक्षा अध्ययन संस्थान र क्याम्पस गरी तिनै निकायबाट यथाशीघ्र पीडित विद्यार्थीका समस्या समाधान नगरुन्जेल ताला नखुल्ने उनको भनाइ छ । संस्थानले प्रवेश परीक्षा लिँदा एउटा फ्याल्टी भनेर लिने, क्याम्पसमा आए पश्चात् परीक्षा लिँदा प्रश्नपत्र अर्कैै फ्याकल्टीको नाममा लिने जस्तो जालसजि गरेको स्ववियुको आरोप छ । संस्थानले स्वीकृतिपत्र पठाउँदा भित्र बीएम इनरोलमेन्ट गराउन भनेर पठाउने गरेको उप–सभापति ढकालले बताइन् । क्याम्पसले एउटा फ्याकल्टी भन्ने तर, डीन कार्यालयले अर्कै फ्याकल्टीको हो भन्ने गरेको उनको भनाइ छ । यति सम्म उनले बेवास्ता गरिएको छ कि क्याम्पसमा आएको १० महिना बितिसक्दा पनि हातमा पाठ्यक्रम समेत नपरेको उनले बताइन् । क्याम्पसले पाठ्यक्रम नदिएर कहिले बीएस्सी मिडवाइफको पाठ्यक्रम दिएर पठाउने गरेको उनको भनाइ छ । कहिले बीएमएसको पाठ्यक्रम पहिले नै बनेको छ भन्दै रातारात किर्ते पाठ्यक्रम बनाएर देखाउने जस्ता गैरजिम्मेवारपुर्ण हर्कत गर्ने गरेको र विद्यार्थीहरु लाइ आलटाल गर्ने गरेको उनको भनाइ छ । यस्तो खालको गैरजिम्मेवारीपुर्ण हर्कतले विद्यार्थीको भविष्यमाथि नै खेलबाड हुने गरेको उनको भनाइ छ । त्यस्तै क्याम्पसमा हुनु पर्ने आधारभूत भौतिक सुधार क्याम्पस होस्टेल, क्यान्टिन व्यवस्थापनको माग राखेर विभिन्न समयमा मागपत्र बुझाएको तर, चरम बेवास्ता गरि सुनुवाइ नभएको बताइन् । उनका अनुसार जबसम्म यी मागहरू सम्बोधन हुँदैन तबसम्म तालाबन्दी नखुल्ने उनको भनाइ छ ।

    images
    मंगलवार, चैत्र ६ २०८००७:३६:४७

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल