Oct 29 2026 | २०८३, कार्तिक १३गते

नेदरल्याण्ड्ससँग फाइनलमा हार बेहोर्नु परे पछि के भन्छन् प्रशिक्षक र कप्तान ?

नेदरल्याण्ड्ससँग फाइनलमा हार बेहोर्नु परे पछि के भन्छन् प्रशिक्षक र कप्तान ?

  • 850
    SHARES

  • राजधानी । घरेलु मैदानमा त्रिपक्षीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा नेपाल नेदरल्याण्ड्ससँग चार विकेटले हार बेहोर्नु परे पछि प्रशिक्षक र कप्तान दबाबमा खेल्न चुक्दाको परिणाम भएको बताउँछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हजारौँ दर्शकलाई निशब्द अनि निराश बनाउँदै नेदरल्याण्ड्सले चार विकेटको रोमाञ्चक जित हासिल गर्यो। नेपालले घरेलु मैदानमा प्रस्तुत गरेको एक सय ८५ रनको लक्ष्य नेदरल्याण्ड्सले १९ दशमलव तीन ओभरमा छ विकेटको क्षतिमा पूरा गर्यो । विजेता टोलि नेदरल्याण्ड्सलाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ट्रफी प्रदान गरेका थिए। खेल सकिए लगत्तै पत्रकारसँग कुरा गर्दै बिजेता समुहका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय सामूहिक भएको उनले बताए । “टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय सामूहिक थियो”, उनले भने, “पहिलो पारीमा विकेट सन्तोषजनक देखिएको थियो भने दोस्रो पारीमा विकेट ‘सुस्ताएको’ थियो ।” कप्तान पौडेलले भने सुरुआत सन्तोषजनक भए पनि योजनाअनुसार ‘फिनिसिङ’ मा चुकेको बताएका छ्न। “जुन तरिकाले हामीले शुरुआत पाएका थियौँ, जस अनुसार दुई सय रन बनाउने योजना थियो तर हामीले १०/१५ रन कम बनायौँ”, उनले भने, “मध्यम ओभरमा रनको गति कम भएको थियो भने विकेट पतन पनि चाँडो भयो ।” उनले ‘पावरप्ले’ र ‘डेथओभर’मा कमजोरी सुधार हुन नसकेको कुरा उनले स्विकार्दै । “यस प्रतियोगिताबाट धेरै कुरा सिकेका छौँ । ‘पावर प्ले’ र ‘डेथओभर’ राम्रो प्रदर्शन गर्न सकेनौँ तर विश्वकपसम्म त्यसमा सुधारेर जाने छौं" भन्ने प्रतिबद्धता जाहेर गरेकाछ्न। नेपालि राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाइले प्रतियोगिताले आगामी दिनमा योजना कार्यान्वयन गर्नका लागि धेरै कुरा सिकाएको बताए। “नेदरल्याण्ड्स पनि ठूला टोलीलाई हराएको टिम हो, हामीले दबाबमा राम्रो प्रदर्शन गर्नबाट चुक्यौँ”,मोन्टीले भने, “यसअघि पनि धेरै ‘क्लोज गेम’हरु खेलेका छौँ । प्रतियोगिताले विश्वकपको तयारीका लागि फाइदा पुगेको छ ।” उनका अनुसार आगामी (यहि) मार्च ९ देखि सुरु हुने हङकङविरुद्धको खेल ‘बेञ्च’ बलियो बनाउनका लागि सहयोगी हुने बताएका छ्न । “विश्वकपको तयारीका लागि अहिले धेरै प्रयोग भइरहेका छन् । यसले हामीलाई आगामी दिनमा राम्रो नतिजा दिन सहयोग पुर्याउनेछ ।” उनले फाइनल खेलमा अभिनास बोहोरालाई मौका दिइएको विषयमा नामिबियासँग राम्रो गरेकाले टीममा सहभागी गराइएको बताए । शृङ्खलामा नेदरल्याण्ड्स पाँच अङ्कका साथ तालिकाको शीर्ष स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो भने नेपाल चार अङ्कका साथ फाइनलमा प्रवेश गरेको हो । ४ खेलमा १ जित, २ हार र १ ड्र गरी ३ अङ्क जोडेको नामिबिया तालिकाको अन्तिममा रह्यो । शृङ्खलाको पहिलो खेलमा नामिबियाले नेपाललाई २० रनले पराजित गरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सले नेपाललाई दुई रनले पराजित गरेको थियो । साथै तेस्रो खेलमा नेदरल्याण्ड्सले नामिबियालाई ५९ रनले पराजित गरेको थियो भने चौथो खेलमा नेपालले नामिबियाविरुद्ध ३ रनको रोमाञ्चक जित निकालेको थियो । साथै पाँचौँ खेलमा नेपालले नेदरल्याण्ड्सलाई छ विकेटको सहज जित निकालेको थियो । भने त्यसैगरी नामिबिया र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारणले प्रभावित भएको थियो ।

    images
    बुधवार, फाल्गुण २३ २०८००५:२४:४०

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल