Oct 29 2026 | २०८३, कार्तिक १३गते

सिटिइभिटीका उपाध्यक्षमाथी कालोमोसो

सिटिइभिटीका उपाध्यक्षमाथी कालोमोसो

  • 952
    SHARES

  • सिटिइभिटीका उपाध्यक्षमाथी कालोमोसो

    मोहन बैध नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले सिटीईभिटीका उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीलाई कालोमोसो दलेको छ । निजि सस्थाका संचालक राजनीतिक शक्तिको भरमा उपाध्यक्ष भएको र पदको दुरुपयोगगरी आर्थिक अपचलन गरेको भन्दै क्रान्तिकारीले कालोमोसो दलेको जनाएको छ ।

    अखिल क्रान्तिकारीले अधिकारीलाई कालोमोसो दल्नु पर्ने १२ वटा कारणहरु समेत सार्वजनिक गरेकोछ ।

    CTEVT का उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीलाई कारबाही किन ?

    १. सिटिइभिटि नियमावली, २०५१ को परिच्छेद-२ को नियम ३ (ख) को उपनियम २ बमोजिम निजी कलेज सञ्चालक सिटिइभिटिको उपाध्यक्ष पदमा मनोनयन हुन नसक्ने व्यवस्था हुँदाहुँदै कानुनको धज्जि उडाउँदै जस्केलाबाट परिषद उपाध्यक्षको नियुक्ति लिएको,

    २. परिषदको नियमावली, २०५१ को परिच्छद-२ को नियम ४ बमोजिम उपाध्यक्षको काम, कर्तव्य र अधिकार विपरित गएर परिषदलाई हानिनोक्सानी हुने गतिविधि गरेको,

    ३. प्रथमदृष्टी मै लाज पनि लज्जाउने, ऐन नियम विनिमयले गर्नै नमिल्ने र सामान्य नैतिकताले पनि हुन त के सोच्नै नसकिने, निजी कलेजको दोकानदार, शैक्षिक दोकानदारको पनि नेता/अध्यक्ष भएको व्यक्ती, अमुक नेताको फेर समातेर उपाध्यक्षको नियुक्ति लिएको,

    ४. सम्बन्धन स्वीकृति तथा नवीकरण, स्थानान्तरण तथा स्तरवृद्धी, छात्रवृत्ति वितरण, कर्मचारीको सरुवा-बढुवा लगायतमा तत्कालीन भ्रष्ट सदस्यसचिव जीवनारायण काफ्लेसँगको मिलिभगतमा व्यापक अनियमितता, नितिगत तथा आर्थिक भ्रष्टाचार गरेको,

    ५. चिकित्सा शिक्षा आयोग, विभिन्न पेशागत काउन्सिल लगायतसँग निजि क्षेत्रको अनुचित प्रलोभनमा परेर अनावश्यक द्वन्द्व सिर्जना गरी सिटिइभिटिको प्रतिष्ठा, गरिमा र शैक्षिक प्राज्ञिक वातावरण प्रदुषित पारेको,

    ६. बिना योग्यता र दक्षता प्रा.शि.व्य.ता.प. को उपाध्यक्ष जस्तो उच्च पदस्थ झोले कार्यकर्ता भएको हैसियतले प्राप्त गरेपछि कर्मचारिको वृद्धि विकासमा विभेद गर्ने, अन्य आन्तरिक क्रियाकलापमा जता पनि जेमा पनि राजनीतिको रङ्ग घुसाउने र भाग माग्ने गरेको,

    ७. नयाँ शैक्षिकसत्रको मध्यान्तर भइसक्दा समेत कुकुरले हड्डिको लागि र्‍याल चुहाए जसरी केहि कलेजलाई सम्बन्धन दिएर रकम असुली गर्न र्‍याल काढेर बस्ने र जसको लागी अनेकन तिकडम गर्ने (जस्तै: कथित संसदीय समितीको निर्णय, व्यापारिको तालाचाबी बुझाउने आन्दोलन, सामाजिक सञ्जाल तथा मिडियामा भ्रमपुर्ण सन्देश प्रभाव आदि) गरेको,

    ८. उपाध्यक्ष जस्तो उच्च स्तरको सार्वजनिक जिम्मेवारीपुर्ण पद धारण गरे पनि एउटा विशुद्ध निजी शिक्षण संस्था सन्चालकको व्यापारी र कुनै एक अमुक पाटी सङ्गठनको कलेज/क्याम्पस इकाई स्तरको कार्यकर्ताको व्यवहार प्रदर्शन गर्ने गरेको,

    ९. उपाध्यक्ष नियुक्त हुनुको एक मात्र अभिष्ट जथाभावी सम्बन्धन बाँड्नु र रकम असुली गर्नु भएको हुँदा यी र यिनी जस्ता दुष्ट दानवका काला कर्तुत, गलत नियत र मनशायको भण्डाफोर र त्यस्का विरुद्ध आवाज बुलन्द पार्दा त्यस्ता आन्दोलनका विपक्षमा विषवमन गर्ने, कत्लेआम गर्ने र बद्ख्वाइ गर्ने गरेको,

    १०. आर्थिक, साँस्कृतिक, सामाजिक र चारित्रीकरुपमा पतित; कलेजको कार्यकक्षमा सहकर्मी र विद्यार्थीहरूमा गिद्देदृष्टि लगाउने गरेको (कतिपय व्यक्तिगत मामिला र संवेदनशील विषय भएकोले यस्मा सार्वजनिक गरिएको छैन), ११. पैशा खाएर परिक्षा केन्द्र परिवर्तन गर्ने गरेको, १२. क्रान्तिकारी आन्दोलनका विरुद्ध राज्यशक्ति दुरुपयोग गर्दै श्वेत आतंक र षड्यन्त्र गर्ने, तथानाम लेख्ने बोल्ने, मानमर्दन गर्ने गरेको ।

    images
    आइतवार, फाल्गुण ६ २०८००१:१०:५१

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल