Oct 29 2026 | २०८३, कार्तिक १३गते

राहत शिक्षकले छाडेनन् आन्दोलन, प्रहरीसँग घम्साघम्सी

राहत शिक्षकले छाडेनन् आन्दोलन, प्रहरीसँग घम्साघम्सी

  • 967
    SHARES

  • राहत शिक्षकले छाडेनन् आन्दोलन, प्रहरीसँग घम्साघम्सी

    सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिबाट असन्तुष्ट देशभरका राहत शिक्षकको आन्दोलन काठमाडौंमा जारी छ।

    एक साता बितिसक्दा पनि देशभरका राहत शिक्षकहरु पालैपालो काठमाडौंमा ‌‌ओर्लिएर आन्दोलन गरिरहेका छन्। 

    नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा उनीहरुले कहिले सिठ्ठी जुलुस्, कहिले सडकमै सुतेर प्रदर्शन त कहिले नाचगानसहित आन्दोलन जारी राखेका छन्। 
     
    बुधबार पनि राहत शिक्षकहरुले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शन गरे। त्यसक्रममा महिला राहत शिक्षकहरुको जोश बेग्लै थियो।

    केही शिक्षकहरु साथीको काँधमाथि चढेर नारा लगाइरहेका थिए। प्रहरीको कडा सुरक्षाबीच राहत शिक्षकहरुले आन्दोलन नरोक्ने छनक दिएका हुन्। 

    मंगलबार मात्रै सत्तारुढ नेपाली कांग्रेसका सभापतिसहितका नेताहरुले आन्दोलित राहत शिक्षकहरुसँग पनि छलफल गरेका थिए। त्यहाँ राहत शिक्षकहरुले माग पूरा नभएसम्म पछि नहट्ने र विद्यालय पनि नजाने अडान लिएका छन्। 

    सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमतिले आफूहरुलाई अपमान गरेको उनीहरुको भनाइ छ।

    राहत शिक्षकहरुले शिक्षक महासंघले धोका दिएको बताएका छन्। उनीहरुले ४० हजार राहत शिक्षक, बाल विकासका शिक्षक र पेन्सन पीडित शिक्षकहरु आफूहरुसँग आन्दोलित रहेको बताएका छन्। 

    images
    बुधवार, आश्विन १० २०८००३:५१:३९

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल