Oct 28 2026 | २०८३, कार्तिक १२गते

शिक्षा तथा खेलकुद मन्त्रालयको १०० दिनः यी हुन् मुख्य कार्य र सुधारका प्रयासहरू

शिक्षा तथा खेलकुद मन्त्रालयको १०० दिनः यी हुन् मुख्य कार्य र सुधारका प्रयासहरू

  • 373
    SHARES

  • शिक्षा तथा खेलकुद मन्त्रालयको १०० दिनः यी हुन् मुख्य कार्य र सुधारका प्रयासहरू

    शिक्षा तथा खेलकुद मन्त्रालयले नयाँ सरकार गठनको पहिलो १०० दिनको अवधिमा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गरेको छ ।

    यस अवधिमा मन्त्रालयले सेवा प्रवाहमा सुदृढीकरण, नीतिगत सुधार र खेलकुद विकासका क्षेत्रमा विभिन्न सुधारात्मक प्रयासहरू अघि बढाएको जनाएको छ । 

    सम्पादित कार्यहरूअन्तर्गत माध्यमिक शिक्षा परीक्षालगायतका परीक्षा नतिजाहरू तोकिएको समयसीमाभित्र प्रकाशन गर्ने अभ्यासको थालनी, वैदेशिक अध्ययन अनुमति प्रणालीमा अनलाइन तथा अन्तर आबद्धता सुधार, र कक्षा ५ सम्म निरन्तर मूल्याङ्कन प्रणालीको कार्यान्वयनजस्ता शैक्षिक सुधारका कार्यहरू प्रारम्भ गरिएका छन् ।

    यसैगरी, विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप न्यून गर्ने प्रयास, विपद् प्रभावित क्षेत्रका विद्यालयहरूको भौतिक पुनर्निर्माण, र प्राविधिक शिक्षाका माध्यमबाट लक्षित वर्गका लागि रोजगारमुखी तालिम सञ्चालन गरिएका छन् । खेलकुदतर्फ राष्ट्रिय प्रतियोगिताहरूको आयोजना, खेलाडीहरूको स्वास्थ्य उपचार सम्झौता र अन्तर्राष्ट्रिय खेलहरूमा सहभागिता सुनिश्चित गरिएको छ । 

    मन्त्रालयका अनुसार यी प्रयासहरूले प्रशासनिक प्रक्रियालाई व्यावहारिक बनाउन र शैक्षिक क्षेत्रमा देखिएका कतिपय नीतिगत जटिलताहरू फुकाउन मद्दत पुर्‍याएका छन् । आगामी दिनमा यी नीतिगत तथा संरचनागत सुधारहरूलाई निरन्तरता दिँदै थप व्यवस्थित बनाउँदै लैजाने मन्त्रालयको योजना रहेको छ ।

    images
    सोमवार, आषाढ २२ २०८३१२:५०:१३

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल