Oct 28 2026 | २०८३, कार्तिक १२गते

अन्ततः कर लगाउने निर्णयबाट पछि हट्याे सरकार

अन्ततः कर लगाउने निर्णयबाट पछि हट्याे सरकार

  • 310
    SHARES

  • अन्ततः कर लगाउने निर्णयबाट पछि हट्याे सरकार

    सरकारले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर हटाएको छ । चौतर्फी विरोधपछि सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरेको हो । प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग छलफलपछि कर फिर्ता लिने निर्णय गरेको बताएका छन् । 

    सो करप्रति नागरिक असन्तुष्ट देखिएको उल्लेख गर्दै उनले फेसबुकमा लेखेका छन्,‘निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको तीन प्रतिशत समता कर अहिले भनेबमोजिम नै कार्यान्वयन गर्दा आम मानिसले थप खर्च र निराशा भोग्नुपर्ने देखियो, यसैले माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको छ ।’

    सरकारले साउन १ गतेदेखि शिक्षा र स्वास्थ्यमा समता कर लगाएको थियो । नागरिकलाई करको बोझ थुपारेको भन्दै चौतर्फी आलोचना भएपछि सरकार पछाडि हटेको हो ।

     

    images
    मंगलवार, श्रावण ५ २०८३०४:२६:०५

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल