बिहिवार, आश्विन १५ २०८३
पर्वतको बिहादी गाउँपालिका–६, जामुनेका १८ वर्षीय अभिषेक काफ्ले नेपालको चर्चित हास्यव्यङ्ग्य रियालिटी शो ‘कमेडी च्याम्पियन’को टप १० मा प्रवेश गरेका छन्।
नेपालभरबाट सहभागी भएका प्रतिभाशाली प्रतिस्पर्धीहरूमध्ये काफ्ले सुरुवाती चरण पार गर्दै टप २५, त्यसपछि टप १५ हुँदै टप १० मा पुग्न सफल भएका हुन्। पर्वत जिल्लाबाट संभवत पहिलोपटक यस स्तरसम्म पुग्ने प्रतियोगीका हुन ।
काफ्ले हाल काठमाडौंस्थित सरस्वती मल्टिपल क्याम्पसमा BBA दोस्रो सेमेस्टरमा अध्ययनरत छन्। अध्ययनलाई निरन्तरता दिँदै उनले हास्यव्यङ्ग्यको क्षेत्रमा समेत आफ्नो प्रतिभा प्रस्तुत गर्दै आएका छन्। सानै उमेरमा राष्ट्रिय स्तरको ठूलो हास्यव्यङ्ग्य मञ्चमा आफ्नो प्रतिभा प्रस्तुत गर्दै आएका काफ्लेले आगामी चरणमा अझ प्रभावकारी प्रस्तुति दिन दर्शकको साथ र भोट आवश्यक रहेको बताएका छन्। “अहिलेसम्म यहाँसम्म आइपुग्न दर्शक, परिवार, साथीभाइ र शुभेच्छुकहरूको साथले ठूलो भूमिका खेलेको छ। आगामी चरणमा पनि मेरो प्रस्तुति हेर्न चाहनुहुन्छ भने सक्दो भोट गरेर सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु,” काफ्लेले भने।
पर्वतको एउटा गाउँबाट सुरु भएको अभिषेकको यात्रा अहिले राष्ट्रिय हास्यव्यङ्ग्यको ठूलो मञ्चसम्म पुगेको छ। उनको यो यात्रालाई आगामी चरणमा पनि निरन्तरता दिन पर्वतवासी तथा देश–विदेशमा रहेका नेपालीहरूबाट साथ, समर्थन र भोटको अपेक्षा गरिएको छ।
१८ वर्षीय अभिषेकको यो सफलता केवल व्यक्तिगत उपलब्धि मात्र नभई पर्वतको युवा प्रतिभाले राष्ट्रिय मञ्चमा बनाएको नयाँ पहिचान का रूपमा समेत हेरिएको छ। अब अभिषेकको यात्रा टप १० बाट अझ माथि पुग्छ कि पुग्दैन भन्ने निर्णयमा दर्शकको भोटको भूमिका महत्वपूर्ण हुनेछ। अभिषेकलाइ हाम्रो शुभकामना !


अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल