Oct 28 2026 | २०८३, कार्तिक १२गते

काठमाडौँ विश्वविद्यालय उपकुलपति छनाैट प्रक्रियामा पारदर्शिताकाे प्रश्न

काठमाडौँ विश्वविद्यालय उपकुलपति छनाैट प्रक्रियामा पारदर्शिताकाे प्रश्न

  • 472
    SHARES

  • काठमाडौँ विश्वविद्यालय उपकुलपति छनाैट प्रक्रियामा पारदर्शिताकाे प्रश्न

     काठमाडौँ विश्वविद्यालयका उपकुलपतिको सर्टलिष्ट (अल्पसूची) मा परेका उम्मेदवारले अन्तर्वार्ता र प्रस्तुतीकरणमा सहभागी नहुने घोषणा गरेका छन् । उपकुलपतिका उम्मेदवार प्रा.डा.नीरञ्जन पराजुलीले नियुक्ति प्रक्रियामा निष्पक्षताको प्रश्न उठाउँदै अन्तर्वार्तामा सहभागी नहुने घोषणा गरेका हुन् । 

    पराजुलीले भने- ‘उनीहरूले मलाई अनलाइन अन्तर्वार्ता दिन भनेका थिए, तर मैले अस्वीकार गरिदिएँ किनभने मैले विश्वविद्यालय अनुदान आयोगमा पनि आवेदन दिएको थिए । विश्वविद्यालय अनुदान आयोगमा ६० जना आवेदकहरू थिए, तर उनीहरूले अवधारणा पत्र र अन्तर्वार्ताको मूल्याङ्कन नै नगरी अध्यक्ष चयन गरे । अन्तर्वार्ता भनेको नाटक मात्रै हो । ’ 

    पराजुलीले सुबोध शर्मा वा बालचन्द्र लुइँटेलमध्ये एक जना उपकुलपति हुने दाबी गर्दै औपचारिकताका लागि मात्रै आफूले अन्तर्वार्ता नदिने बताए । साउन १८ गते काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदका लागि प्राप्त आवेदनहरूमध्ये १० जना उम्मेदवारहरूको नाम संक्षिप्त सूचीमा समावेश गरी सार्वजनिक गरिएको थियो । 
     

    ‘काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३’ बमोजिम उपकुलपति पदका लागि परेका दरखास्तहरूबाट वर्णानुक्रमअनुसार उम्मेदवारहरूको नामावली छनोट गरिएको थियो ।

    छनोटमा परेका उम्मेदवारहरूमा दयाराम पोखरेल, निरञ्जन पराजुली, बालचन्द्र लुइँटेल, विकास नकर्मी, बिमप्रसाद श्रेष्ठ, राजेन्द्र जोशी, विवेक बराल, शेषानन्द सञ्जेल, सुबोध शर्मा र हरिप्रसाद न्यौपाने रहेका छन् । संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूको प्रस्तुतीकरण र अन्तर्वार्ता साउन २२ गते शिक्षा तथा खेलकुद मन्त्रालयमा हुने भएको छ ।

    images
    बिहिवार, श्रावण २१ २०८३०१:१५:००

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल