Oct 29 2026 | २०८३, कार्तिक १३गते

नयाँ शिक्षा ऐन बिरुद्ध शिक्षक महासंघद्धारा आन्दोलनको घाेषणा

नयाँ शिक्षा ऐन बिरुद्ध शिक्षक महासंघद्धारा आन्दोलनको घाेषणा

  • 1.2K
    SHARES

  • नयाँ शिक्षा ऐन बिरुद्ध शिक्षक महासंघद्धारा आन्दोलनको घाेषणा

    सरकारले पेश गरेकाे नयाँ शिक्षा ऐन बिरुद्ध नेपाल शिक्षक महासंघले आन्दोलनको घोषणा गरेको छ । संसदमा पेश गरिएको विद्यालय शिक्षा ऐन २०८० मस्यौदाको विरोधमा महासंघले आन्दोलनको घोषणा गरेको हो ।

    आन्दोलनको कार्यक्रम अन्तर्गत असोज ३ गतेदेखि देशभरका सामुदायिक विद्यालय बन्द आह्वान गरेको छ । विद्यालय बन्द गरेर काठमाडौँ केन्द्रित भएर सडक आन्दोलन गर्ने घोषणा गरेको हो ।

    महासंघले एक विज्ञप्ती जारी गर्दै आफूले उठान गरेका मागहरु मस्यौदामा नसमेटिएको जनाएको छ । देशभरका शिक्षक कर्मचारीहरुलाई असोज ३ गतेभित्र सडक आन्दोलनमा सहभागी हुन विद्यालय बन्द गरेर काठमाडौं आउन सर्कुलर जारी गरेको हो ।

    महासंघका अध्यक्ष कमला तुलाधर र महासचिव लक्ष्मीकिशोर सुवेदीले जारी गरेको विज्ञप्तीमा महासंघसँग सरकारले गरेका विभिन्न सम्झौता अनुसार ऐनमा नसमेटिएको जनाएका छन् । आन्दोलन सम्बन्धी जानकारी दिनका लागि शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

    नेपाल शिक्षक महासङ्घ र नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच विभिन्न समयमा सम्झौताहरु भएका थिए । संसद्मा पेश गरेको ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ शिक्षक–कर्मचारीका माग र हकहितको प्रतिकूल रहेको महासंघले जनाएको छ ।

    विधेयकले स्थायी, अस्थायी/करार, राहत, साविक उमावि, शिक्षण सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धार र संस्थागत विद्यालयका शिक्षक लगायत सबै प्रकारका शिक्षक तथा विद्यालय कर्मचारीका मुलभूत मुद्दाहरुलाई सम्बोधन गर्न नसकेको महासंघको ठहर छ ।

    संविधान प्रदत्त गरेको ट्रेड युनियन अधिकार माथि समेत अङ्कुश लगाउन खोजेको उनीहरुको आरोप छ । नेपाली शिक्षक–कर्मचारीको पेसागत सम्मान र सुरक्षामा समेत गम्भीर सङ्कट ल्याउने निश्चित देखिएको महासंघको ठहर छ ।

    images
    शुक्रवार, भाद्र २९ २०८०११:५७:०७

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल