Oct 29 2026 | २०८३, कार्तिक १३गते

त्रिवि सेवा आयोगका पदाधिकारीहरूलाई कार्यकक्षमा प्रवेश निषेध

त्रिवि सेवा आयोगका पदाधिकारीहरूलाई कार्यकक्षमा प्रवेश निषेध

  • 826
    SHARES

  • त्रिवि सेवा आयोगका पदाधिकारीहरूलाई कार्यकक्षमा प्रवेश निषेध

    अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पदाधिकारीहरूलाई कार्यकक्षमा रोक लगाएको छ । आफूहरूले अघि सारेका मागहरू सुनुवाइ नगरेर बेवास्ता गरेको भन्दै अनेरास्ववियु त्रिवि जिल्ला कमिटीले आयोगका पदाधिकारीहरूलाई कार्यकक्षमा प्रदेश निषेध गरेको हो । 

    अनेरास्ववियुले भदौ ७ गते १५ दिने अल्टिमेटम दिँदै ५ बुँदे माग आयोग अध्यक्ष समक्ष पेश गरेको थियो । उक्त मागहरूप्रति आयोगले बेवास्ता गरेको भन्दै आन्दोलन थालिएको अनेरास्ववियु त्रिवि जिल्ला कमिटी अध्यक्ष समिरराज विष्टले जानकारी दिए । 
     

    त्रिवि सेवा आयोगले प्रयोग गर्दै आएको भवन छात्रावास प्रयोजनका लागि निर्माण गरिएको हुनाले उक्त भवन तत्काल खाली गर्नुपर्ने माग अघि सारेको थियो । तर, हालसम्म पनि भवन खाली नगरिएको भन्दै आन्दोलन गर्नुपरेको बताए । 

    त्यस्तै त्रिविमा रिक्त रहेका उप–प्राध्यापक तथा कर्मचारीहरूको खुला प्रतिस्पर्धामार्फत पदपूर्ति गर्न नयाँ विज्ञापन जारी गरिनुपर्ने, त्रिवि सेवा आयोगको विज्ञापन नम्बर १८ को अदालतबाट फैसला भई सपाइ पाइसकेका पदहरूको नतिवा प्रकाशन गर्नुपर्ने लगायतका माग अघि सारेका छन् ।
     

    images
    मंगलवार, भाद्र २६ २०८०१२:११:०८

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल