सोमवार, भाद्र १८ २०८०
आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा कतारलाई ९ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ।
सोमबार भएको खेलमा कतारलाई हराएको नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार चौथो जित हासिल गर्दै एक खेलअगावै अन्तिम चारमा स्थान बनाएको हो।
कतारले दिएको ७५ रनको सामान्य लक्ष्य नेपालले १०.३ ओभरमा १ विकेट गुमाउँदै भेट्टायो।
त्यसअघि मलेसियाको बांगीमा नेपालले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रनको योगफल तयार पारेको थियो।
साची धडवालले बनाएको २१ रनको कतारका लागि सर्वाधिक रह्यो। एलिना खान १५ रनमा रनआउट भइन्।
नेपालकी इन्दु बर्मा एक्लैले तीन विकेट लिइन्। पूजा महतो र कविता जोशीले समान एक विकेट आफ्नो नाममा गरे।
नेपालले यसअघि समूह चरणको पहिलो खेलमा मलेसियालाई ५ रन, बहराइनलाई १० विकेट र भुटानलाई ३ विकेटले हराएको थियो।
समूह चरणको अन्तिम खेलमा नेपालले बुधबार यूएईसँग खेल्नेछ। यो खेलपछि समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल