आइतवार, भाद्र १० २०८०
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले इन्जिनियरिङ शिक्षाको (बि.ईं/बिआर्क) प्रवेश परीक्षा स्थगित गरेको छ । शनिबार सार्वजनिक विज्ञप्ति जारी गर्दै इन्जिनियरिङ अध्ययन संस्थान डिनको कार्यालयले प्रवेश परीक्षा स्थगित भएको जानकारी दिएको हो ।
संस्थानले बि.ई/बि.आर्क प्रवेश परीक्ष र सार्वजनिक गरिएको भर्ना शुल्क सम्बन्धमा सरोकारवाला पक्षहरुबाट चासो र विरोध भएकोले तत्कालका लागि प्रवेश परीक्षा सम्बन्धी भदौ १९ गते पछिका सम्पूर्ण पूर्व प्रकाशित तालिकाहरु अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि स्थगित गरिएको जनाएको छ ।
साथै संस्थानले समस्या समाधानका लागि सरोकारवाला पक्ष प्रध्यापक, कर्मचारी तथा विद्यार्थी र आन्दोनरत पक्षलाई छलफल तथा वार्तामा सम्मिलित भई उचित निकासहित शैक्षिक वातावरण निर्माण गर्नका लागि सबैमा अपिल समेत गरेको छ ।
यता, संस्थानले शुल्क बढाउने निर्णय खारेज नगर्ने अडान भने कायमै राखेको छ ।
हेर्नुहोस् विज्ञप्ति : 
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल