शुक्रवार, भाद्र ८ २०८०
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले इन्जिनियरिङ अध्ययन संस्थानले बढाएको शुल्क फिर्ता लिन माग गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईलाई ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुले शुल्क वृद्धि फिर्ता लिन माग गरेको हो ।
इन्जिनियरिङ अध्ययन संस्थान कार्यान्वयन समितिको २०८० श्रावण २५ को निर्णय अनुसार इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत आङ्गिक क्याम्पसहरूको शुल्क २ लाख ८० हजारबाट बढाएर ७ लाख ७५ हजार पुर्याएको थियो । उक्त प्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘सर्वसुलभ रूपमा गरिब जेहेन्दार विद्यार्थीहरूको पहुँचमा नरहने गरी गरिएको शुल्क वृद्धिले सरकार नै इन्जिनियरिङ विषयमा व्यापार गर्न उद्यत रहेको पुष्टि हुन्छ,’ अनेरास्ववियु अध्यक्ष समिक बडालले मन्त्रीलाई बुझाएको ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।
शुल्क वृद्धि फिर्ता नलिए थप आन्दोलनको कार्यक्रम अघि सार्ने चेतावनी अनेरास्ववियुले दिएको छ ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल