Oct 29 2026 | २०८३, कार्तिक १३गते

इन्जिनियरिङ पढ्ने शुल्क ३ लाख ३० हजारबाट ७ लाख ७७ हजार पुर्‍याइँदै

इन्जिनियरिङ पढ्ने शुल्क ३ लाख ३० हजारबाट ७ लाख ७७ हजार पुर्‍याइँदै

  • 1.4K
    SHARES

  • इन्जिनियरिङ पढ्ने शुल्क ३ लाख ३० हजारबाट ७ लाख ७७ हजार पुर्‍याइँदै

    त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले इन्जिनियरिङ विषयको शुल्क बढाउने प्रकृया अगाडि बढाएको छ । आईओईका डीन प्राडा शसिधर राम जोशीले शुल्क बढाउन लागिएको बताए ।

    हाल आईओईले स्नातक तह अन्तर्गत इन्जिनियरिको शुल्क ३ लाख ३० हजार रुपैयाँ लिँदै आएको छ । अब बढाएर ७ लाख ७० हजार पुर्याउन लागिएको हो । यसका लागि आईओईले सुशिल ब्रर्जाचार्यको संयोकत्वमा समिति गठन गरेको थियो । उक्त समितिले आईओई अन्तर्गतका ५ वटै आंगिक क्याम्पसमा अध्ययन गरेको थियो । सोही आधारमा शुल्क बढाउन लागिएको हो ।

    यसअघि २०५३ सालमा उक्त शुल्क तोकिएको थियो । त्यसपछि प्रत्येक वर्ष १० प्रतिशतका दरले शुल्क बढ्ने भन्ने थियो । तर, हालसम्म शुल्क बढ्न सकेको थिएन ।

    यो विषयमा अहिलेसम्म निर्णय भने भइनसकेको उनको भनाई छ । ‘एक्सरसाइज गरिरहेका छौं । अध्ययन समिति गठन गरेर रिपोर्टहरू हेरिरहेका छौं । शिक्षक, कर्मचारी, प्राध्यापक संघ, विद्यार्थीहरूको स्ववियु सबैसँग छलफल गरिरहेका छौं’ उनले भने ।

    शुल्क तोकिएको २७ वर्षपछि आईओईले शुल्क बढाउन लागेको हो । प्रत्येक वर्ष १० प्रतिशतका दरले शुल्क बढाउने भनेपनि अहिलेसम्म बढ्न सकेको थिएन ।

    अहिलेको शुल्कमा कलेज चलाउनै नसकिने अवस्था आएपछि बढाउनुपरेको उनको भनाई छ । यसका लागि एक वर्षदेखि नै गृहकार्य भइरहेको र सबै सरोकारवालासँग छलफल चलिरहेको उनको भनाई छ ।

    त्रिभुवन विश्वविद्यालयले आईओईलाई बजेट दिन नसकिने बताएको छ । विद्यार्थीहरूबाटै उठेको शुल्कबाट सम्पूर्ण कलेजहरू चलाउनुपर्ने बाध्यता रहेको तर, अहिलेको शुल्कबाट सम्भव नभएको डीन जोशीले बताए ।

    आईओई अन्तर्गत पुलचोक इन्जिनियरिङ कलेज, पूर्वाञ्चल कलेज, पश्चिमाञ्चल कलेज, थापाथली कलेज र चितवन कलेज गरेर ५ वटा आंगिक कलेजहरू छन् । आईओईबाट सम्बन्धन लिएर १० वटा निजी कलेजहरूले इन्जिनियरिङ तर्फका स्नातक तह र स्नातकोत्तर तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।  

    images
    बिहिवार, श्रावण ११ २०८००९:४९:५९

    शिक्षा शर्मा

    शिक्षाको लागि कलम योद्धा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल