बुधवार, आषाढ २० २०८०
ब्याटिङ र बलिङ दुवैतर्फ उत्कृष्ट प्रदर्शन गर्दै नेपालले लगातार तेस्रो पटल्ट एसीसी यू– १६ इस्ट जोन कपको उपाधि जितेको छ ।
आज मंगलबार भएको फाइनल खेलमा घरेलु टोली मलेसियामाथि २११ रनको फराकिलो अन्तरसहितको शान्दार जित निकाल्दै नेपालले एसीसी यू– १६ इस्ट जोन कपको उपाधि उचालेको हो ।
नेपालले यस अघि २०१७ र २०१९ मा लगातार उपाधि जितेको थियो । आज २ सय ५३ रनको लक्ष्य पच्छ्याएको मलेसिया ३१ रनमा समेटियो। मलेसियालाई सस्तोमा समेट्न नेपालका अभिशेख तिवारी एक्लैले ५ विकेट लिए।
सन्तोष यादबले ३ तथा सागर गैरे र अशोक धामीले एक एक विकेट हात पारे। मलेसियाले १४।५ ओभरमा सबै विकेट गुमाएको थियो।
मलेसियाका ५ जना ब्याट्सम्यानले खाता खोल्न सकेनन्। मुहम्मद अक्रमले सर्वाधिक १० रन बनाए। मलेसियाले पहिलो ओभरमै २ विकेट गुमाएको थियो।
अभिशेकले ६ ओभरमा एक मेडन राख्दै ७ रन खर्चिए। ३ ओभर बलिङ गरेको सन्तोषले २ मेडन राख्दै ९ रन दिएका थिए। यसअघि नेपालले निर्धार ३५ ओभरमा ८ विकेट गुमाएर २ सय ५२ रन बनाएको थियो ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल