Oct 29 2026 | २०८३, कार्तिक १३गते

एसिसी प्रिमियर कप सुरु, नेपाल मलेसियासंग भिड्दै !

एसिसी प्रिमियर कप सुरु, नेपाल मलेसियासंग भिड्दै !

  • 2.2K
    SHARES

  • एसिसी प्रिमियर कप सुरु, नेपाल मलेसियासंग भिड्दै !

    आजदेखि नेपालमा एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरू भएको छ। प्रतियोगिताको पहिलो खेलमा अहिले नेपाल र मलेसियाबीच खेल भइरहेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको खेलमा मलेसियाले टस जितेर ब्याटिङ रोजेको छ। 

    रोहित पौडेलको कप्तानी रहेको नेपाली टोलीमा आज आशिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, कुशल भुर्तेल, कुशल मल्ल, गुल्सन झा, सन्दीप लामिछाने, आरिफ शेख, भीम सार्की, ललित राजवंशी छन्। ज्ञानेन्द्र मल्ल, करण केसी र प्रतिश जिसी प्लेइङ ११ मा छैनन्। 

    प्रतियोगिता वैशाख ५ देखि वैशाख १८ सम्म कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी मैदानमा हुनेछ।जसमा नेपाल समूह ‘ए’ मा परेको छ। नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन्। समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्।

    नेपालले दोस्रो खेल ओमानसँग वैशाख ८ मा त्रिविमा, तेस्रो खेल मुलपानी मैदानमा साउदी अरेबियासँग वैशाख ११ गते र अन्तिम खेल वैशाख १४ गते कतारसँग त्रिवि मैदानमा खेल्नेछ। समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल वैशाख १६ र फाइनल वैशाख १८ गते हुनेछ। प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ।

    एसिया कपमा एसियाका ५ टेस्ट राष्ट्र र एसिसी प्रिमियर कपको विजेताबीच प्रतिस्पर्धा हुनेछ। एसिया कपको समूह ‘ए’ मा भारत, पाकिस्तान र प्रिमियर कप विजेता तथा समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ।

    images
    मंगलवार, बैशाख ५ २०८०१०:०४:२०

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल