Oct 29 2026 | २०८३, कार्तिक १३गते

सदस्य सचिव काफ्ले र कर्मचारीको मिलेमोतोमा नर्सिङ्गको सम्बन्धन

सदस्य सचिव काफ्ले र कर्मचारीको मिलेमोतोमा नर्सिङ्गको सम्बन्धन

  • 1.7K
    SHARES

  • सदस्य सचिव काफ्ले र कर्मचारीको मिलेमोतोमा नर्सिङ्गको सम्बन्धन

    प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले आर्थिक प्रलोभनमा परी चार नर्सिङ कलेजलाई सम्बन्धन दिएको पाइएको छ । सीटीईभीटीको परिषद् बैठकले मिर्चैया नर्सिङ, ओम शाही नर्सिङ कलेज भैरहवा, सामुदायिक नर्सिङ कलेज चितवन र लाइफगार्ड नर्सिङ कलेज विराटनगरलाई प्रभावमा परी सम्बन्धन दिएको सीटीईभीटी स्रोतको दाबी छ ।

    स्रोतका अनुसार आप्mनै सय बेडको अस्पताल नभएर स्वीकृत नपाएका ती कलेजका सञ्चालकले सदस्यसचिव जीवनारायण काफ्लेलगायतका पदाधिकारीलाई प्रलोभनमा पारी स्वीकृत दिएको खुलेको हो । यहाँसम्मकी नर्सिङ कलेज सञ्चालन गर्न स्वीकृत पाएका कलेजको आप्mनै सय बेडको अस्पताल छैन ।

    सीटीईभीटी उच्च स्रोतका अनुसार स्तर महाशाखाका निर्देशक टैलेन्द्र आचार्यको निर्देशनमा उनकै बहिनी–ज्वाई पर्ने कर्मचारी खेम पोखरेल र विजेश बस्नेतले अनुगमन गरी प्रभावमा परेर नर्सिङ कलेजलाई स्वीकृत दिन सिफारिस गरेका थिए । सदस्य सचिवले चिकित्सा शिक्षा आयोगसँग सेटिङ गरेर चार नर्सिङ कलेजलाई स्वीकृत दिएको स्रोतको दाबी छ । चार कलेज स्वीकृत दिँदा करोड बढीको चलखेल भएको आरोप सदस्यसचिवमाथि लागेको छ ।

    यस विषयमा सदस्य सचिवको कामको निगरानी गर्नुपर्ने र सम्बन्धन स्वीकृत दिने उपाध्यक्ष खगेन्द्र अधिकारी पनि मौन बसेका छन् । उपाध्यक्ष अधिकारीकै मिलोमेतोमा कलेजलाई सम्बन्धन दिएको दाबी स्रोतको छ । सदस्य सचिवको यो कामविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको बताइएको छ ।

    यसअघि २०६९ सालदेखि रोकिएको करिब १ हजार ५० भन्दा बढी कलेजमध्ये केहीलाई प्रभावमा परी एलओआई पत्र थमाउन सफल सदस्य सचिव काफ्लेले ती कलेजले सम्बन्धन पत्र पाउन आग्रह गर्दा पर्खनुस् भन्दै रोक्ने काम गर्दै आइरहेको बताइन्छ ।

    सीटीईभीटीका अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले समेत यसमा ध्यान पु¥याउन सकेका छैनन् । उल्टै सीटीईभीटी नेतृत्वले मन्त्री खनालको सचिवालयलाई समेत नजिक बनाउन थालेको पाइएको छ । सरकारले टीएसएलसी खारेज गरी १८ महिने कोर्षलाई तीनवर्षे कायम गर्ने निर्णय गरेसँगै काफ्लेलगायतका पदाधिकारी अनियमितता गर्ने कार्यमा व्यस्त रहेको स्रोतको दाबी छ ।

    चिकित्सा शिक्षासँग सम्बन्धित विषयलाई चिकित्सा शिक्षा आयोगले अपग्रेडिङ गर्न स्वीकृत दिनुपर्छ । आयोगले मापदण्ड पुगेका १ सय २२ मध्ये ६५ वटालाई अपग्रेडिङ गर्न स्वीकृत दिएको थियो । सोही आधारमा सीटीईभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले अपग्रेडिङ गर्ने पत्रमा हस्ताक्षर गरेका थिए ।

    कलेज अनुगमन र अपग्रेडिङ गर्दा आर्थिक चलखेल गर्न उपाध्यक्षसमेत लागि परेको बताइन्छ । उनले सीएमए सञ्चालन गरेका कलेजलाई अपग्रेडिङ गरी एचए, ल्याब असिस्टेन्टलाई ल्याब टेक्नोलोजी, स्टाफ नर्स बन्द भएकालाई आयुर्वेदिक र रेडियोलोजी विषय सञ्चालनको पत्र दिएका छन् । सीटीईभीटीका सदस्यसचिव जीवनारायण काफ्लेले भने पुरानो प्रक्रियामा रहेकालाई सबै विधि र मापदण्ड पु-याएर सम्बन्धन दिइएको बताए । उनले शिक्षा मन्त्रालयले समेत पटक पटक अनुगमन गरेर टुंग्याएको विषय भएकाले यो सम्बन्धनमा कुनै चलखेल नभएको दाबी गरे ।

    images
    बुधवार, माघ ११ २०७९०९:००:१७

    शिक्षा शर्मा

    शिक्षाको लागि कलम योद्धा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल