Oct 29 2026 | २०८३, कार्तिक १३गते

जनक शिक्षा सामग्रीका १३ ट्रक प्रहरीको कब्जामा !

जनक शिक्षा सामग्रीका १३ ट्रक प्रहरीको कब्जामा !

  • 1.4K
    SHARES

  • जनक शिक्षा सामग्रीका १३ ट्रक प्रहरीको कब्जामा !

    जनक शिक्षा सामग्री केन्द्रको कागज लोड गरिएको १३ वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई निःशुल्क वितरण गरिने पुस्तक छाप्न वीरगन्जबाट ल्याएको भनिएको ट्रकमा सम्झौता विपरीत कम गुणस्तरको कागज ल्याएको आरोप छ । भक्तपुरको सानोठिमीस्थित सामग्री केन्द्रको कम्पाण्डभित्र ३ वटा र कम्पाउन्ड बाहिर ९ वटा कागज लोड भएको ट्रक प्रहरीले होल्डमा राखेको छ । सरोकार राख्नेहरूले दिएको सूचनाको आधारमा ट्रकहरू होल्ड गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता (डिएसपी) राजु पाण्डेले बताए । उनले भने– ‘केही ट्रकहरू होल्डमा छन् ।’ जनक शिक्षामा कागज सप्लाई गर्ने जिम्मा वीरगन्जस्थित दुर्गा पेपर मिल र एभरेस्ट पेपर मिलले पाएका छन् । ती कम्पनीले पाठ्यपुस्तक छाप्न प्रयोग गरिने कागज कमजोर गुणस्तरको सप्लाई गरेको उजुरी परेपछि पाठ्यक्रम विकास केन्द्रले अनुगमन गरेको थियो । अनुगमनको क्रममा ९४ जिएसएम भन्दा माथिको कागज सप्लाई गर्ने सम्झौता भएको तर, ती कम्पनीले ७० जिएसएम को कागज सप्लाई गरेको भेटिएको पाठ्यक्रम विकाश केन्द्रका एकजना अधिकृतले बताए । अनुगमन पछि पाठ्यक्रमले कम गुणस्तरका कागज फिर्ता गरेर सम्झौता अनुसारकै कागज ल्याउन भनेको थियो । तर, कागज कम्पनीले त्यहाँबाट फिर्ता लगेको कागज केही दिन मनोहरा खोला छेउको ग्यारेजमा राखेर पुनः त्यहि कागज जनक शिक्षाको कार्यालयमा अनलोड गर्न लगेको आरोप छ । सम्झौताअनुसार कागजको गुणस्तर ९४ जिएसएम र ‘ब्राइटनेश’ हुनुपर्छ । तर, जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिल झासँग मिलेर कागज कम्पनीहरूले सम्झौता अनुसार ९४ जिएसएमकै भुक्तानी लिएर कम गुणस्तरको कागज सप्लाई गरेको आरोप छ । यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको छ ।

    images
    बिहिवार, पौष २८ २०७९०९:४६:३२

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल