शुक्रवार, फाल्गुण २७ २०७८
सरकारले दिन चाडपर्व बिदामा दशैँ बिदा एक दिन लम्बिएको हो । गृह मन्त्रालयको प्रस्तावअनुसार हालैको मन्त्रिपरिषद् बैठकले ०७९ मा दशैँ बिदा लम्ब्याएको हो ।
गृह मन्त्रालयले बिहीबार सार्वजनिक गरेको बिदा सूचीअनुसार दशैँको विजयादशमीको पर्सिपल्ट (द्वादशी) सम्म बिदा दिने निर्णय भएको छ । यसअघि एकादशीसम्म मात्रै बिदा हुन्थ्यो । जसअनुसार असोज १६ देखि २१ गतेसम्म दशैँ बिदा हुने भएको छ भने तिहारको बिदा पनि कात्तिक ७ देखि १० गतेसम्म हुनेछ ।
यसैगरी आगामी वर्ष क्रिसमस, धान्नेपूर्णे, मोहम्मद जयन्तीमा पनि बिदा हुने निर्णय भएको छ । तमु तथा सोनाम ल्होसार र मुस्लिम समुदायको चाडमा पनि बिदा दिने निर्णय भएको छ ।
यसअघि क्याबिनेट बैठकले अपरझट यस्ता बिदा दिने गरेकामा सरकारले बिदासम्बन्धी सूचनामै यसबारे समेटेको हो ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल