Oct 29 2026 | २०८३, कार्तिक १३गते

एकल महिला र एकल पुरुषलाई भत्ता, कुन उमेरकाले पाउँछन् ?

एकल महिला र एकल पुरुषलाई भत्ता, कुन उमेरकाले पाउँछन् ?

  • 1.2K
    SHARES

  • एकल महिला र एकल पुरुषलाई भत्ता, कुन उमेरकाले पाउँछन् ?

    इच्छाकामना गाउँपालिकाले एकल महिला र एकल पुरुषलाई भत्ता दिने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षबाट भत्ता दिनका लागि नीति तथा कार्यक्रममार्फत बजेट विनियोजन गरेको छ ।

    गाउँपालिका प्रमुख गीताकुमारी गुरुङका अनुसार पालिकामा ४५ वर्ष उमेर नाघेर ७० वर्ष नपुगेका अविवाहित महिला तथा ६० वर्षदेखि ७० वर्षसम्मका एकल पुरुषको लगत सङ्कलनको काम सुरु गरेको छ । वडा कार्यालयबाट नामावली सङ्कलनका सुरु गरिएको हो । यसका लागि गाउँपालिकाले निर्माण गरेको कार्यविधिअनुसारको सामाजिक सुरक्षा भत्ता पाउन योग्यको सूची बुझाउन सम्बन्धित वडा कार्यालयलाई गाउँपालिकाले पत्राचार गरेको छ ।

    गाउँपालिकाले कार्यविधि बनाएर सामाजिक सुरक्षा भत्ता दिन लागेको हो । गाउँपालिका यस कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु १० लाख विनियोजन गरेको गुरुङले बताउनुभयो । यसै वर्षबाट उनीहरुलाई सामाजिक सुरक्षा भत्ता दिन लागिएको हो । गाउँपालिकाले दिन लागेको सामाजिक सुरक्षा भत्ताको लक्षित समूहलाई केन्द्र सरकारबाट ७० वर्ष नकटुञ्जेल कुनै सुविधा नदिइने भएकाले उनीहरुलाई सहयोग पुगोस् भन्ने उद्देश्यले स्थानीय सरकारले भत्ताको व्यवस्था गर्न लागेको उहाँको भनाइ छ ।

    पालिकाले यसअघि कृषकलाई कुखुराको चल्ला वितरण, छोरी जन्माउनेलाई रु. १० हजार खातामा राख्नेजस्ता महत्वपूर्ण काम गरिसकेको छ । विकास निर्माणसँगै सामाजिक काममा गाउँपालिका अग्रसर भएर लागेको उपाध्यक्ष कृतिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    images
    बुधवार, माघ २६ २०७८०९:४५:००

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल