मंगलवार, माघ १८ २०७८
सरकारले बुधबार देशभर बिदा दिने निर्णय गरेको छ । माघ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले बिदा दिनेलगायत विभिन्न १३ वटा निर्णय गरेको हो ।
सरकारले बुधबार (भोलि) सोनाम ल्होसारको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको छ ।
मंगलबार सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलनमार्फत् विश्व बैंकबाट फाइनान्स फर ग्रोथ डेभलपमेन्ट पोलिसी क्रेडिट बापत प्राप्त हुने १५० मिलियन अमेरिकी डलर (करिब १८ अर्ब रुपैयाँ) सम्बन्धी सहुलियतपूर्ण ऋण सहायता लिने पनि निर्णय गरेको छ । सो सम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने भएको हो ।
तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइनको लागि जग्गा प्राप्ति सम्बन्धी प्रारम्भिक कारबाही चलाउने अधिकार तोक्ने निर्णय पनि गरियो । २०७८ साल माघ १९ गते बुधबार सोनम ल्होसारको उपलक्ष्यमा नपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भयो ।
अर्कोतिर मालपोत कार्यालय र नापी कार्यालय सिमरा, बाराको कार्यक्षेत्रमा पर्ने साविक गावीसहरु बुनियाद, रामपुरकोटनी तथा लिपनीमालको कार्यक्षेत्र भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालय कलैयाको कार्यक्षेत्रमा समावेश गर्ने निर्णय बैठकले गरेको छ । थप निर्णयहरू हेर्नुहोस्

अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल