Oct 29 2026 | २०८३, कार्तिक १३गते

सांसदको घरमा जनगणना नभएको खुलासा …

सांसदको घरमा जनगणना नभएको खुलासा …

  • 967
    SHARES

  • सांसदको घरमा जनगणना नभएको खुलासा …

    प्रतिनिधिसभाका सांसदहरुले केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा तथ्यपरक नभएको दावी गर्नुभएको छ ।

    मंगलबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा नेपाली कांग्रेसकी सांसद प्रमिला राईले आफ्नो घरमा जनगणना गर्न गणक नै नआएको खुलासा गर्दै यो तथ्यपरक नभएको दावी गर्नुभयो ।

    सांसद राईले सही तरिकाले जनसंख्याको तथ्यांक नआएको भन्दै पुनः जनगणना गर्न सरकारसँग माग गर्नुभएको हो । ‘मेरो घरमा आएर एक पटक पनि सोधिएन । मेरो परिवार कसैसँग कुनै पनि कर्मचारी आएर सोधपुछ गरेको या यो तथ्यांक लिएको छैन’ उहाँले भन्नुभयो, ‘पहिले जनगणना हुँदाखेरि घरघरमा गएर सबै परिवारसँग सोधेर या घरको गार्जियनसँग सोधेर छोरा कति, छोरी कति अथवा परिवार कति ? सबै तथ्यांक लिइन्थ्यो । यो कुराहरु मैले मेरो टोलमा पाइन ।’

    प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले काठमाडौंको जनगणना नै तथ्यपरक नभएको दावी गर्नुभयो । उहाँले सरकारले आलटाल गरेर गणना गरेको उहाँको आरोप छ । ‘काठमाडौंमा जहिले पनि माइग्रेसन बढी हुन्छ । किन, यो राजधानी हो । यो अस्थायी माइग्रसशन संघीयताले पनि रोकेको छैन । अरु जिल्लामा बढ्ने र काठमाडौं नबढ्ने किन भयो ? यो चिजमा राम्रोसँग हेर्नुस् । कतै राम्रो भएन कि ?’ उहाँले ठोकुवा गर्नुभयो । ‘केही त जस्टिफिकेसन हुनुपर्‍यो नि ।

    कोभिडका कारण विद्यार्थीहरु बसेनन् कि यहाँ ? त्यो बेला घर फर्किए कि ? नत्र भने यो तथ्य मिलेन’ सांसद पाण्डेले दावी गर्नुभयो । केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले कोरोनाको असहज परिस्थितिका कारण जनगणनामा केही तलमाथि भएको हुनसक्ने स्वीकार गर्नुभयो ।

    images
    मंगलवार, माघ १८ २०७८०८:४५:५६

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल