Oct 29 2026 | २०८३, कार्तिक १३गते

राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा आज

राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा आज

  • 1.4K
    SHARES

  • राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा आज

    केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भिक नतिजा आज सार्वजनिक गर्दै छ । अहिले जनगणनाको प्रारम्भिक र ६ महिनाभित्र विस्तृत नतिजा सार्वजनिक गर्ने विभागको योजना छ ।

    जनगणनाको अन्तिम नतिजा सार्वजनिक हुन भने करिब नौ महिना लाग्ने अनुमान छ । विभागका उपनिर्देशक हेमराज रेग्मीका अनुसार गणकले भरेका मुख्य प्रश्नावलीमा उल्लिखित विवरणका आधारमा प्रारम्भिक नतिजा सार्वजनिक गर्न लागिएको हो ।

    प्रारम्भिक नतिजामा नेपालमा जम्मा परिवार संख्या, महिला र पुरुषसहित जम्मा जनसंख्या र विदेशमा रहेका नेपालीको जनसंख्या सार्वजनिक गरिने उनले बताए । प्रारम्भिक नतिजामा लिंगको आधारमा महिला र पुरुषको मात्र संख्या सार्वजनिक गरिनेछ । अन्य लैंगिक र यौनिक पहिचान भएकाहरुको विवरण भने पछि सार्वजनिक गर्ने विभागले जनाएको छ ।

    गत भदौ ३० गतेदेखि असोज १८ सम्म घर तथा घर–परिवारको सूचीकरण गरिएको थियो भने कात्तिक २५ देखि मंसिर ९ गतेसम्म मुख्य जनगणनाको काम गरिएको थियो ।

    images
    बुधवार, माघ १२ २०७८०७:१३:१७

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल