सोमवार, माघ १० २०७८
पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस (कोभिड को संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ ह्जार २०१ नमुना परीक्षण गरिएको थियो । जसमध्ये १६ हजारर ६५४ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ५४ र ४ हजार ५४७ नमुनाको एन्टीजेन टेष्ट गर्दा २२६५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २ हजार ५४० जना संक्रमणमुक्त भएका छन् । हाल देशभरमा ८२ हजार ५५० संक्रिय संक्रमित छन् । उपत्यकामा ४ हजार ६७६ संक्रमित थपिए काठमाडौं उपत्यकामा एकै दिन ४ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३,६३४, ललितपुरमा ५८७ र भक्तपुरमा ४५५ जनामा कोरोना संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल