बुधवार, माघ ५ २०७८
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको अग्रपंतिमा खटिरहेको काठमाडौं उपत्यका तीन वटै जिल्ला प्रशासन कार्यालयका सीडीओहरुको बैठक बस्दैछ । बैठक बसेर थप आदेश जारी गर्ने तयारी भएको बताइएको छ ।
कार्यालयमा कार्यरत कर्मचारी कोरोना संक्रमणको उच्च जोखिममा परेपछि केही सेवा कटौती गर्ने तयारी प्रशासनको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासनका कर्मचारीमा संक्रमण देखिएपछि नियमित कार्यसम्पादनमै असर पर्न थालेको छ । कोरोना संक्रमण बढिरहेको अवस्थामा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्नुपर्ने पक्षमा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सकारात्मक देखिएका छन् । उनीहरुले अहिलेकै अनुपातमा उपत्यकामा कोरोना संक्रमण बढ्दै जाने हो भने जिल्ला प्रशासन कार्यालका सबै कर्मचारी र सेवा लिन आउने सबै सेवाग्राही संक्रमित हुने अवस्था आउने र त्यसले भयाभह अवस्था सृजना हुनेतर्फ सरकार सचेत हुनुपर्ने धारणा राखेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका सूचना अधिकारीसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारीका अनुसार कार्यालयमा कार्यरत २० जनामा कोरोना संक्रण पुष्टि भइसकेको छ भने १५ जनामा कोरोनाका लक्षण देखिएकाले उनीहरुलाई घरमै बसेर कोराना परिक्षण गर्न भनिएको छ । २ जना सहायक प्रमुख जिल्ला अधिकारी पनि भर्खरै मात्र संक्रमण मुक्त भएर कार्यालय फर्किनुभएको थियो । प्रजिअ गोविन्द रिजाल साता अघिदेखि नै होम आइसोलेसनमा हुनुहुन्छ । थप दुई जना प्रशासकीय अधिकृतसहित अन्य कर्मचारी गरेर २० जनामा संक्रमण देखिएको छ अधिकारीले जानकारी दिनुभयो । यस्तै करिव १५ जनामा लक्षण देखिएको छ । ५० प्रतिशत कर्मचारीमा कोरोना संक्रमण भइसकेको हामीले अनुमान गरेका छौं ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रमुख जिल्ला अधिकारीसहित ५० प्रतिशत कर्मचारीमा कोरोनाको संक्रमण भएको अनुमान गरेपछि कार्यालयबाट नियमित दिनुपर्ने कतिपय सेवा पनि बन्द गरेको छ । कार्यालयले मंगलबार साँझ एक सूचना जारी गर्दै नागरिकता बनाउने, नागरिकताको प्रतिलिपि दिने, नाबालक परिचय पत्र, राष्ट्रिय परिचय पत्र र राहदानीका लागि आवेदन लिने काम रोकेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरमा प्रशासकीय अधिकृतसहित ३ जनामा संक्रमण जिल्ला प्रशासन कार्यालय भक्तपुरमा अहिलेसम्म ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सिता परियारका अनुसार सोमबार गरिएको परिक्षणका क्रममा एक जना प्रशासकीय अधिकृतसहित तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
ललितपुर जिप्रकामा एकजना संक्रमित ललितपुर जिल्ला प्रशासनमा मंगलबार एकजना प्रशासकीय अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएको छ । एक जना शाखा अधिकृत कर्मचारीमा कोरोना पुष्टि भइसकेको छ भने अरु एक दुई जनामा कोरोनाको लक्षण देखिएको प्रशासनले जनाएको छ ।
यो अवस्था आएपछि अब प्रशासनले अत्यावश्यक बाहेकका सेवा बन्द गर्नेछ । साथै सर्वसाधारणका लागि समेत थप आदेशको तयारी गरेको छ । अहिले लकडाउन, निषेधाज्ञा जारी गर्न प्रमुख जिल्ला अधिकारीलाई अधिकार दिइएको छ । काठमाडौमा मन्त्रीपरिषद्ले अधिकार दिए अनुसार स्मार्ट लकडाउन जारी गरिसकिएको छ ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल