Oct 29 2026 | २०८३, कार्तिक १३गते

निर्मला पन्त प्रकरणमा नयाँ ट्वीस्ट, पक्राउ परे अली

निर्मला पन्त प्रकरणमा नयाँ ट्वीस्ट, पक्राउ परे अली

  • 2.1K
    SHARES

  • निर्मला पन्त प्रकरणमा नयाँ ट्वीस्ट, पक्राउ परे अली

    निर्मला पन्त प्रकरणमा नयाँ ट्वीस्ट देखिएको छ । कञ्चनपुरकी निर्मला पन्तको जबरजस्ती करणीपछि ज्यान लिइएको आरोपमा अर्को एकजना पक्राउ परेका छन् । एकजना शंकास्पद भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेर नेपाल ल्याएको हो ।

    १० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको जबरजस्ती करणीपछि ज्यान लिइएको थियो । १३ बर्षीया निर्मलाको जबरजस्ती करणीपछि ज्यान लिइएको अभियोगमा संलग्न रहेको आशंकामा प्रहरीले भारतीय नागरिक निकार अलीलाई पक्राउ गरेको जनाएको छ । जानकारी अनुसार १५ दिनअघि उनलाई पक्राउ गरिएको हो । तर डिएनए रिपोर्ट आउन बाँकी रहेकाले सार्वजनिक गरिएको छैन ।

    शंकास्पद अलीलाई नेपाल ल्याएपछि प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागका एआईजी प्रद्युम्न कार्की गत साता कञ्चनपुर जानु भएको खुलेको छ । विधि विज्ञान प्रयोगशालामा डिएनए परिक्षणका लागि स्याम्पल पठाइएको तर, रिपोर्ट आउन बाँकी रहेको एक प्रहरी अधिकारीले बताउनुभयो । उहाँका अनुसार निकार अलि कञ्चनपुर स्थित निर्मला पन्तको जबरजस्ती करणीपछि ज्यान लिइएको ठाउँ नजिकै तरकारी खेती गर्थे ।

    जग्गा भाडामा लिएर तरकारी खेती गर्ने गरेको अनुसन्धानबाट थाहा भएको छ । डिएनए नमिलेसम्म उनलाई सार्वजनिक नगरिने प्रहरीको भनाई रहेको छ ।

    images
    सोमवार, पौष १९ २०७८०८:३५:३३

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल