Oct 29 2026 | २०८३, कार्तिक १३गते

बिदेशी शिक्षण सस्थाको प्रतिवेदन बुझाउन शिक्षामन्त्रीको निर्देशन

बिदेशी शिक्षण सस्थाको प्रतिवेदन बुझाउन शिक्षामन्त्रीको निर्देशन

  • 1.4K
    SHARES

  • बिदेशी शिक्षण सस्थाको प्रतिवेदन  बुझाउन शिक्षामन्त्रीको निर्देशन

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले १५ दिनभित्र विदेशी शिक्षण संस्थाहरुको प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् ।                                                                                                                         मंगलबार बसेको उच्चस्तरीय मूल्याङ्कन तथा अनुगमन समितिको बैठकबाट ५ सदस्य समिति गठन गर्दै मन्त्री पौडेलले नेपालमा सञ्चालित विदेशी विश्वविद्यालय एवम् शिक्षण संस्थाहरुको स्थलगत निरीक्षण गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएका हुन् ।                                                                                                                समितिले उच्चशिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका २०५९ बमोजिम विदेशी शिक्षण संस्थाको स्थलगत अनुगमन तथा निरीक्षण गरी १५ दिनभित्र प्रतिवेदन बुझाउनेछ । मन्त्रालयका प्रवक्ता दीपक शर्माकाअनुसार शिक्षा मन्त्रालयबाट अनुमति लिएका ८५ वटा शिक्षण संस्थाहरुको सञ्चालन अनुमति नवीकरणको पाँचवर्षे अवधि २०७७ माघ मसान्तमा समाप्त भइसकेको छ । नवीकरणका लागि सबै शिक्षण संस्थाहरुले निवेदन पेश गरेपनि कोभिड लगायतका कारणले निरीक्षण तथा अनुगमन हुन नसकेको शर्माको भनाइ छ ।                                                                                            ‘उच्चशिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका, २०५९ बमोजिम सञ्चालन अनुमति पाएका विदेशी शिक्षण संस्थाहरुको स्थलगत अनुगमन निरीक्षण गरी ठोस रायसहित समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउँछ,’ प्रवक्ता शर्माले भने’ विज्ञहरुको टोलीले निरीक्षण गरी रायको आधारमा नवीकरण हुने या नहुने निर्णय हुन्छ । बैठकले त्यसको अध्ययन तथा निरीक्षणका लागि ५ सदस्यीय विज्ञहरुको समिति गठन गरेको छ । समितिको नाम भने मन्त्रालयले गोप्य राखेको छ ।

    images
    मंगलवार, पौष ६ २०७८११:३८:५२

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल