मंगलवार, मंसिर २१ २०७८
शिक्षामन्त्री देवेन्द्र पौडेलले आफ्नै एकसय शैय्याको अस्पताल भएका कलेजले मात्र नर्सिङ् पढाउन पाउने बताएका छन् । आज पत्रकारसँग कुराकानी गर्दै उनले चिकित्सा शिक्षा आयोगले बनाएको ऐनभन्दा बाहिर गएर काम गर्न नसकिने बताएका हुन् । आयोगले दुई वर्ष पहिला बनाएको ऐनमा आफ्नै स्वामित्वमा रहेका कलेजले एकसय शैय्याको अस्पताल बनाउन पाउने उल्लेख गरिएको छ भन्दै उनले भने, “मापदण्ड पुगेका कलेजले मात्र पढाउन पाउछन् । अन्यको हकमा भने छलफल भइरहेको छ । ” मन्त्रालयमा केही दिनअघि बसेको बैठकले मान्यता प्राप्त एक सय शैय्याका अस्पताल भएका सबै कलेजमा पठनपाठन सुरु गर्न भनिएको मन्त्री पौडेलको भनाइ थियो । पिसिएल नर्सिङ्को अध्ययन विसं २०८० बाट खारेज गर्ने भनिएकाले अब यसलाई सञ्चालन गर्न नसकिने जानकारी दिए ।-रासस
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल