Oct 29 2026 | २०८३, कार्तिक १३गते

शिक्षाका समस्या सुल्झाउँदै जानुपर्छ : शिक्षामन्त्री पौडेल

शिक्षाका समस्या सुल्झाउँदै जानुपर्छ : शिक्षामन्त्री पौडेल

  • 2.3K
    SHARES

  • शिक्षाका समस्या सुल्झाउँदै जानुपर्छ : शिक्षामन्त्री पौडेल

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षाका समस्यालाई सुल्झाउँदै जानुपर्ने बताएका छन् । संस्थागत विद्यालय अभिभावक सङ्घका पदाधिकारीसँगको भेटमा उनले सो कुरा बताएका हुन्।

    मन्त्री पौडेलले शिक्षाका समस्या, गुनासो महासङ्घबाटै एकै पटक आएर छलफल गर्दा उपयुक्त हुने बताए। उजले शिक्षाको विकासमा सबै लाग्नुपर्नेमा पनि जोड दिए । सो अवसरमा संस्थागत विद्यालय अभिभावक सङ्घका अध्यक्ष सुवास भण्डारीले मन्त्री पौडेललाई सङ्घले प्राथमिक विद्यालयदेखि विश्वविद्यालयसम्मका समन्वय, समझदारी र सहयोगी भूमिका राख्दै निजी विद्यायका अभिभावकको समस्या समाधानको लागि कार्य गर्दै आएको जानकारी गराए ।

    सङ्घीय, प्रदेश र स्थानीय तहसम्म संस्थागत विद्यालय अभिभावक सङ्घलाई सहभागी गराई शिक्षाका नीति निर्माण, शुल्क निर्धारण, विद्यालय अनुगमन, पाठ्यक्रम विकास र कानून निर्माणमा सहभागी गराउन आग्रह गर्नुभयो । उहाँले निःशुल्क शिक्षा भने पनि विभिन्न शीर्षकमा शुल्क लिइरहेको जानकारी गराए ।

    कार्यक्रममा सङ्घका उपाध्यक्ष कोषबहादुर जिसीले अभिभावक सङ्घको सहभागितामा शुल्क निर्धारण हुने व्यवस्था गर्नुपर्ने, विद्यालय वर्गीकरण, अनुगमनमासमेत अभिभावकको प्रतिनिधि हुने गरी नीतिगत रुपमा व्यवस्था नहुँदा समस्या आएको मन्त्री पौडेललाई जानकारी गराए । सङ्घका महासचिव रामचन्द्र सुवेदी, सचिव रामकृष्ण प्रजापतिलगायतले संस्थागत विद्यालयमा भएका समस्याकाबारेमा अवगत गराएका थिए

    images
    बिहिवार, कार्तिक ११ २०७८०९:१५:४५

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल