Oct 29 2026 | २०८३, कार्तिक १३गते

घटस्थापनाको उत्तम साइत ११:४६ मा , कसरी राख्ने जमरा ?

घटस्थापनाको उत्तम साइत ११:४६ मा , कसरी राख्ने जमरा ?

  • 1.8K
    SHARES

  • घटस्थापनाको उत्तम साइत ११:४६ मा , कसरी राख्ने जमरा ?

    दशैं आयो खाउँला पिउँला कहाँबाट ल्याउँला, चोरी ल्याउँला धत्त पापी म त छुट्टै बसौंला भन्दै औंला भाँच्दै बिताएको एक वर्षको प्रतिक्षा आज समाप्त भएको छ ।                                                                                                                दशैं घरघरमा आएको छ । आज घटस्थापना अर्थात् नवरात्रीको प्रथम दिन, विजयादशमीको स्वागतार्थ आज गरिने घटस्थापनाको शुभ साइत अहिले विहान ११ः४६ बजे परेको छ । जमरा अर्थात् जौको जीवन, जसलाई थोरै बालुवा मिसिएको माटोमा छरिन्छ अनि नवरात्रीभरिनै हरेक दिन पूजाअर्चना गरिन्छ । जमरा वास्तवमा जौको अङ्कुरण भएतापनि दशैंको जमरामा जौ लगायत धान, मकै र गहुँका पँहेला, हरिया अकुुंरित वालाहरू समावेश हुन्छ । आजबाट हरेक विहान देशका सम्पूर्ण नव दुर्गा भगवतिका शक्तिपिठहरुमा श्रद्धालुहरुको भिड हुन्छ ।                                                                                                                                      आजै काठमाडौंको बसन्तपुरस्थित दशैंघरमा र गोरखाको ऐतिहासिक कालिका मन्दिरमा रहेको दशैघर, भुटनदेवी हेटौँडा, रणउज्जेश्वरी पाल्पा, पूर्णचण्डी जावलाखेल, नवदुर्गा र ब्रह्मायणी भक्तपुर, काठमाडौँको मैतीदेवी, पशुपतिको झङ्केश्वरी, गुह्येश्वरीलगायतका शक्तिपीठमा पनि जमरा राख्ने तयारी भएको छ । लगायत देशभरका विभिन्न शक्तिपिठहरुमा विधिपूर्वक जमरा राख्ने चलन रहेको छ ।

    images
    बिहिवार, आश्विन २१ २०७८०९:०६:३७

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल