बुधवार, भाद्र २३ २०७८
नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरी परिसर ललितपुरको टोलीले कुपण्डोलस्थित यूएन पार्कबाट बागलुङ बाँडगार्ड गाउँपालिका-९ बस्ने ३२ वर्षीय युद्धबहादुर केसीलाई पक्राउ गरेको हो। उनमाथि नेपाल तथा भारतका विभिन्न फार्मेसी तथा मेडिकल कलेजबाट फार्मेसी विषय लिएर डिप्लोमा तह उत्तीर्ण गरेको प्रमाणपत्र बनाइ नेपाल फार्मेसी काउन्सिलमा दर्ता भएको नक्कली कागजातसमेत बनाइदिने, नक्कली लाइसेन्स, परीक्षा प्रवेश पत्रलगायतका नक्कली प्रमाणपत्र तथा जाली कागजात बनाउने कार्यमा संलग्न रहेको आरोप छ। केसीलाई लिखतसम्बन्धी कसुरमा जिल्ला अदालत पाटनबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल