शुक्रवार, आषाढ १८ २०७८
राष्ट्रिय चिकित्सा शिक्षा आयोग (एनएमईसी) को नियम बमोजिम १०० भन्दा बढी नर्सिङ्ग कलेजहरुलाइ प्रतिबन्ध गर्ने चेतावनी दिएको छ । आफ्नै अस्पताल नभएका सय भन्दा बढी कलेजहरु नयाँ शैक्षिक वर्षमा प्रतिबन्धित हुनसक्ने जनाएको हो ।
एनएमईसी सहिंता २०१८ का अनुसार नर्सिङ्ग शिक्षा प्रदान गर्ने कलेजहरूको कम्तिमा १०० सैया भएको आफ्नै अस्पताल हुनुपर्ने ब्यवस्था छ ।
यसभन्दा पहिले आयोगले नर्सिङ्ग कलेजहरूको लागि आफ्नै अस्पताल निर्माण गर्न २ बर्षको समयअवधी दिएको थियो। अहिले दुई वर्षको म्याद यो बर्ष पूरा भइसकेको छ । दुई बर्ष पछि पनि प्राविधिक शिक्षा तथा व्यावसायिक प्रशिक्षण परिषद् अन्तर्गत नर्सिङ्ग कलेजहरू आफ्नै १०० सैयाको अस्पताल बनाइसकेका छैनन् । अन्य विश्वविद्यालयहरूसँग सम्बद्ध कलेजहरूले पनि त्यसलाई कार्यान्वयन गरेकाछैनन्।
प्राविधिक शिक्षा र व्यावसायिक प्रशिक्षण परिषद् (CTEVT) सीटीईभीटीका प्रवक्ता विनोद बादलका अनुसार सीटीईभीटीसँग सम्बद्ध १३० नर्सिङ्ग कलेजहरूमध्ये 90 % अन्य विश्वविद्यालयहरूमा आबद्ध २० कलेजहरूको आफ्नै अस्पताल छैन।
यदी यी कलेजहरू बन्द भए ३३०० विद्यार्थीहरूलाई सीटीईभीटीमा- ३ बर्षे डिप्लोमा कोर्समा प्रवेश गर्न सक्नेछनन। उनका अनुसार “यी विद्यालयहरू अस्पताल भवन सम्बन्धी कुनै कानून नभएको बेला स्थापना भएको बताएकाछन । अझ रोचक बिषय त के भने “CTEVT को पनि आफ्नै अस्पताल छैन।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल