Oct 29 2026 | २०८३, कार्तिक १३गते

शिक्षक सेवा आयोग !

शिक्षक सेवा आयोगकै हचुवा र त्रुटिपुर्ण निर्णयका कारण आयोगमा नियुक्ति प्रक्रिया अवरुद्ध !

शिक्षक सेवा आयोगकै हचुवा र त्रुटिपुर्ण निर्णयका कारण आयोगमा नियुक्ति प्रक्रिया अवरुद्ध !

  • सोमवार, बैशाख १३ २०७८

  • 3.3K
    SHARES

  • शिक्षक सेवा आयोगकै हचुवा र त्रुटिपुर्ण निर्णयका कारण आयोगमा नियुक्ति प्रक्रिया अवरुद्ध !

    लोकसेवा आयोगका अध्यक्षकै अध्यक्षतामा रहने सिफारिस समितिको हचुवा निर्णय र गम्भीर त्रुटिका कारण शिक्षक सेवा आयोगको नियुक्ति प्रक्रिया अवरुद्ध भएको कुरा खुलासा भएको छ । जसका कारण शैक्षिक क्षेत्रलाई गम्भीर उल्झन मा पारेको छ। 

    शिक्षासेवा आयोगका तत्कालीन अध्यक्ष उमेशप्रसाद मैनालीको अध्यक्षतामा रहेको समयमा आयोगका पदाधिकारी छनोट गर्न गठित सिफारिस समितिले हचुवा र आफ्नै रुचिअनुसारका व्यक्ति छनोट गर्नेगरी सिफारिस प्रतिवेदन तयार पारेको पाइएको छ ।

    पधादिकारी छनोट गर्न बनाइएको सिफारिस समितिले त्यसरी तयार पारेको प्रतिवेदन गत ४ फागुन २०७७ मा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसमक्ष पेस गरेको थियो ।

    लोकसेवा आयोगले हचुवा प्रकृतिले सिफारिस प्रतिवेदन तयार गरी पेस गरेको दाबी गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले त्यस्तो सिफारिसलाई कार्यान्वयन गर्न नसकिने स्पष्ट पारेको छ । त्यसैले, मन्त्रालयले सो प्रतिवेदनलाई सरकारसमक्ष पेस गर्नुको साटो उल्टै लोकसेवा आयोगमा फिर्ता पठाइदिएको छ ।

    योसँगै शिक्षा सेवा आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया थप अन्योलमा परेको हो । यसरी अन्योलमा पर्दा समग्र शैक्षिक क्षेत्रमा गम्भीर असर पारेको छ। 

    images
    सोमवार, बैशाख १३ २०७८०८:२८:५२
    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल