Oct 29 2026 | २०८३, कार्तिक १३गते

कोभिड संक्रमण बढ्दो : विद्यालय फेरि ब न्द हुनसक्ने !

कोभिड संक्रमण बढ्दो : विद्यालय फेरि ब न्द हुनसक्ने !

  • बिहिवार, चैत्र २६ २०७७

  • 3.2K
    SHARES

  • कोभिड संक्रमण बढ्दो : विद्यालय फेरि ब न्द हुनसक्ने !

    काठमाडौ - नेपाल सरकार स्वास्थ्य मन्त्रालयले कोभिड संक्रमित हरुको संख्या बढ्न थालेपछि देशै भरी धेरै भिडभाड हुने क्षेत्र बिधालय लगाएत शैक्षिक संघ संस्था बन्द हुनसक्ने चेतावनी दिएको छ ।

    स्वास्थ्य मन्त्रालयले विद्यालय जाने उमेर समूहमा कोरोना भाइरसको संक्रमण बढ्दो रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गर्दै फैलावट नरोकिएमा बन्द हुने सम्भावना देखिएको हो ।

    स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गरी काठमाडौं, पोखरालगायतका ठूला सहरहरुमा विद्यालय जाने उमेर समूहमा पनि संक्रमण बढ्दो रहेको भन्दै सतर्कता अपनाउन आग्रह गर्दै आएको छ। पछिल्लो समय प्रयोगशालाहरुको परीक्षणबाट विद्यालय जाने उमेर समूहका बालबालिकामा संक्रमण बढेको तथ्यांक उल्लेख छ ।

    देशभरका अधिकांश विद्यालय फागुनयता संचालनमा छन् । तर, कतिपय विद्यालयहरुले अझै पनि अनलाइन कक्षा सञ्चालन गर्दै आएका छन् ।

    कोरोना भाइरसको दोस्रो लहर आएपछि अस्पतालहरुमा विरामीको चाप बढेको छ । योसँगै सरकारले सतर्कता अपनाउन आग्रह गरेको हो ।

    स्वास्थ्य मन्त्रालयले बढी भीडभाड हुने स्थानहरुमा जनस्वास्थयको मापदण्डमा अति कडाइका साथ पालना गरेर मात्र सञ्चालन गराउने व्यवस्थाको आग्रह गरेको छ ।

    images
    बिहिवार, चैत्र २६ २०७७०८:५३:४६
    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल