बिहिवार, चैत्र ५ २०७७
प्रदेश नं. २ सरकारले निःशुल्क लोक सेवा कक्षा सञ्चालन गर्ने भएको छ।
‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान अन्तर्गत प्रदेश नम्बर २ का आठ ओटै जिल्ला बाट ४०/४० जना छात्रालाई छनोट गरी ६० दिने निःशुल्क लोक सेवा तयारी कक्षामा सहभागी गराउने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ।
उक्त अभियानमा छनौट भएका सहभागीहरूलाई सप्तरी र सिराहाकालाई सप्तरीमा, धनुषा र महोत्तरीकालाई धनुषामा, सर्लाही र रौतहटकालाई रौतहटमा तथा बारा र पर्साका प्रशिक्षार्थीहरूलाई पर्सा जिल्ला सदरमुकाममा लोक सेवा तयारी कक्षामा सहभागी गराइने छ।
योग्यता पुगेका इच्छुक छात्राहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटबाट फाराम भरी सम्बन्धित जिल्लाको घरेलु तथा साना उद्योग कार्यालयमा चैत्र ७ गतेभित्र बुझाउन सूचनामा भनिएको छ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल