Oct 29 2026 | २०८३, कार्तिक १३गते

उपत्यका सहित बिभिन्न जिल्लामा गरियो दरबन्दी मिलान !

उपत्यका सहित बिभिन्न जिल्लामा गरियो दरबन्दी मिलान !

  • सोमवार, फाल्गुण १७ २०७७

  • 1.4K
    SHARES

  • उपत्यका सहित बिभिन्न जिल्लामा गरियो दरबन्दी मिलान !

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले दोस्रोपटक शिक्षक दरबन्दी स्थानान्तरण गरेको छ । केही महिनाअघि १८४ दरबन्दी स्थानान्तरण गरेको केन्द्रले दोस्रो चरणमा २७१ दरबन्दी स्थानान्तरण गरेको छ ।

    केन्द्रका निर्देशक बसन्त कोइरालाले आवश्यकताअनुसार शिक्षक दरबन्दी मिलान गर्ने कार्यलाई निरन्तरता दिइने बताए ।

    उपत्यकाभित्र काठमाडौँ महानगरपालिकाका ५२, कागेश्वरी मनहरा नगरपालिकाका १३, कीर्तिपुर नगरपालिकाका तीन र गोदावरी नगरपालिकाका १५ दरबन्दीलाई स्थानान्तरण गरिएको छ ।

    पछिल्लोपटक गरिएको दरबन्दी स्थानान्तरण कार्यमा अधिकाँश प्राथमिक तहका छन् भने केही निम्न माध्यमिक र माध्यमिक तहका पनि छन् । मनाङ र मुस्ताङका केही माध्यमिक र निम्न माध्यमिक तहका दरबन्दीलाई अन्यत्र सारिएको छ ।

    उनका अनुसार धादिङ, मकवानपुर, नुवाकोट, सिन्धुली, दोलखा, गोर्खा, उदयपुर, नवलपुरपूर्व, बाग्लुङ र जाजरकोटमा दोस्रो चरणको शिक्षक दरबन्दी थपिएको छ । तेह्रथुम, काठमाडौँ, ललितपुर, मनाङ, मुस्ताङ, डोल्पा, कास्की, पर्वत र तनहुँबाट दरबन्दी कटौति भएको । - इडीयू पत्र 

    images
    सोमवार, फाल्गुण १७ २०७७०८:०६:५७
    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल